News

नेता रावल भन्छन्– केपी ओली पार्टी फुटाएर जाँदैछन् !

नेता रावल भन्छन्– केपी ओली पार्टी फुटाएर जाँदैछन् !

नेकपा एमालेका निलम्वित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको जिकिर गरेका छन्। उनले आफूहरू कुनै हालतमा एमालेबाट नभाग्ने वताउँदै ओली नै पार्टी फुटाएर जान लागेको वताए ।

शुक्रबार काठमाण्डौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने–‘ओलीजी पार्टी फुटाएर जाँदैहुनुहुन्छ। पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं।’ उनले आफुहरु पार्टीको निर्वाचित पदाधिकारी भएको प्रष्ट पार्दै कसैको धम्कीवाट नडराउने वताए । ‘हामी नेकपा एमालेमा टाँसिएका होइनौं, निर्वाचित पदाधिकारी हौं’– उनले थपे।

कसैले हटाउँदैमा आफूहरुको सांसद पद नजाने पनि उनले वताए । ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन’ उनले भने, ‘सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्का होस्।’ 

ओलीले सहमतिको प्रयास गरेको भ्रम छर्न माधवकुमार नेपालसँग भेटघाटको नाटक गरेको उनले वताए । सहमतिका लागि ०७५ जेठ २ को अवस्थामा फर्कनु पर्ने उनले बताए। 

नेकपा एमाले भीम रावल केपी ओली पार्टी फुटाएर जान लागे

विशेष