News अपराध सुरक्षा

ताप्लेजुङमा गोली हानेर शिक्षकको हत्या

ताप्लेजुङमा गोली हानेर शिक्षकको हत्या

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका एक शिक्षकको गोली हानेर हत्या गरिएको छ ।

जालपा देवी आधारभुत विद्यालयका शिक्षक ५० वर्षीय खड्ग बहादुर लिम्बूको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो ।

सान्थाक्राकै प्रताप भनिने आकास लिम्बूले शिक्षक लिम्वुलाई गोली हालेको जनाईएको छ । घरको आँगनमा निस्किएका वेला लुकेर वसेका आकाशले उनीमाथि गोली हानेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आकाश लिम्बूलाई पक्राउ गरी मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको प्रहरीले जानकारी दिएको छ । 

ताप्लेजुङको मेरिङदेन गाउँपालिका शिक्षकको गोली हानेर हत्या

विशेष