प्रदेश नम्बर २ को स्थायि राजधानीको विषयमा प्रस्ताव प्रदेश सभामा प्रस्तुत

प्रदेश नम्बर २ को स्थायि राजधानीको विषयमा प्रस्ताव प्रदेश सभामा प्रस्तुत


जनकपुरधाम
प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेशको स्थायि राजधानीको प्रस्ताव प्रस्तुत भएको छ । राजधानीको नाम र स्थायि राजधानीको प्रस्ताव प्रस्तुत हुने कार्यसुचि रहेपनि  समय आभावको कारणले स्थायि राजधानीको विषयमा मात्रै प्रस्ताव प्रस्तुत भएको छ ।  प्रदेशसभाको पाँचौ अधिवेशनको दोस्रो बैठकमा राजधानीको लागि प्रस्ताव दर्ता गराएका परमेश्वर साह, भरत प्रसाद साह, रविन्द्र बैठा धोवी, सिंगासन सा कलवार, उपेन्द्र प्रसाद कुशवाहा, राजेश्वर प्रसाद शा, शारदा देवी थापाले राजधानी सम्बन्धमा प्रस्ताव प्रस्तुत गरेका छन । आफनो प्स्ताव प्रस्तुत गर्दै जसपाका प्रदेश सभा सदस्य परमेश्वर साहले प्रदेश सभाको पहिलो बैठकले नै राजधानी टुग्याउनुपर्ने भएपनि विविध कारणले त्यो हुन नसकेको बताए । उनले अहिले राजधानीको लागि जनकपुर नै उपयुक्त रहेको बताए । माओवादी केन्द्रका दिलप साहले राजधानीको नाम र राजधानी नतोक्नु गम्भीर विषय रहेको बताउदै जनकपुरलाई राजधानी बनाउनुपर्नेमा आफनो पार्टीको धारणा रहेको बताए । उनले आफनो पार्टीले जनकपुर नै राजधानी हुनुपर्छ भन्दै संसदीय दलका नेता भरत साहले राखेको प्रस्तावमा आफनो समर्थन रहेको बताए । त्यसैगरि नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले समेत राजधानीको लागि जनकपुर नै उपयुक्त रहेको बताए । त्यसेगरि नेपाली काग्रेसका शिवचन्द्र चौधरीले धार्मिक र सांस्कृतिक नगरी जनकपुर रहेको कारणले जनकपुरलाई राजधानी बनाउनुपर्ने आफनो पार्टीको मत रहेको बताए  ।
राजधानीको विषयमा प्रस्तुत भएको प्रस्तावमाथि कुनै संसोधन भएको खण्डमा त्यसलाई हाल्नको लागि ७२ घण्टाको समय दिइएको छ । प्रदेश सभाको अर्को बैठक आइतवार बस्ने छ । राजधानीको लागि राजेश्वर प्रसाद साह र सिंगासन साह कलवारले वीरगंजलाई राजधानीको रुपमा प्रस्ताव दर्ता गराएका छन् भने बाँकीले जनकपुरधामलाई स्थायी राजधानीको रुपमा प्रस्ताव दर्ता गराएका छन् ।  
 
 

प्रदेश नम्बर २ प्रदेशको स्थायि राजधानी

संम्बधित खबर

विशेष