News विदेश

अस्पतालको आईसियुमा आगलागि हुँदा १३ जनाको मृत्यु

अस्पतालको आईसियुमा आगलागि हुँदा १३ जनाको मृत्यु

भारतको एक अस्पतालमा आगलागि हुँदा १३ जना विरामीको मृत्यु भएको छ ।

मुम्बई नजिकैको कोभिड बिरामी उपचाररत अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा शुक्रवार बिहान आगो लागेको हो । आगलागिमा जीवितै रहेका चार बिरामीलाई अन्य अस्पतालमा सारिएको छ।

कोरोना संक्रमणको दोस्रो लहरका कारण अस्पतालहरूमा बिरामीको भिड छ र तिनमा अक्सिजन, आईसीयू शय्या र भेन्टिलेटरको कमी भईरहेका वेला अस्पतालमा आगो लागेको हो ।

आगलागी महाराष्ट्र राज्यमा मुम्बईभन्दा ७० किलोमिटर पर रहेको विरार क्षेत्रको विजय वल्लभ अस्पतालमा भएको थियो। आगलागिको कारण हालसम्म खुलेको छैन । 

दुई दिनअघि महाराष्ट्रको अर्को अस्पतालमा भेन्टिलेटरमा अक्सिजन रोकिँदा २४ कोभिड बिरामीको मृत्यु भएको थियो। नासिकको जाकिर अस्पतालमा अक्सिजन ट्याङ्की भरिँदै गर्दा अक्सिजन फुस्किएर त्यस्तो भएको जनाइएको थियो।
 

विशेष