News

कोरोना नियन्त्रणका लागि तयारीमा जुट्न मुख्यमन्त्री राउतको निर्देशन

कोरोना नियन्त्रणका लागि तयारीमा जुट्न मुख्यमन्त्री राउतको निर्देशन

प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले कोरोना नियन्त्रणको लागि आवश्यक तयारीमा जुट्न सरोकारवालालाई निर्देशन दिएका छन्।

शुक्रबार प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकमा राउतले सरोकारवाला सवै निकाय तयारी अवस्था रहन निर्देशन दिए । 

वैठकले आठवटै जिल्लामा रहेको पीसीआर ल्याबका लागि आवश्यक सामग्री तथा थप जनशक्तिको विवरण तैयार गर्ने, प्रादेशिक अस्पतालस्थित नर्सिङ्ग कलेजलाई पुनः कोभिड अस्पतालमा रुपान्तरण गर्ने, महामारी नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयले आवश्यक योजना तयार गर्ने लगायतका निर्णय गरेको छ।

प्रमुख सचिवको नेतृत्वमा सबै मन्त्रालयका सचिव र सुरक्षा निकायहरुका प्रमुख रहने गरी संयोजन कमिटी पनि गठन गरिएको छ।
 

विशेष