News

सीमा व्यवस्थित गर्न प्रदेश मन्त्रीको निर्देशन

सीमा व्यवस्थित गर्न प्रदेश मन्त्रीको निर्देशन

प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छिन्। मन्त्री राईले भारतमा कोरोना सङ्क्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र त्यसक्षेत्रको आसपासको क्षेत्रबाट आवागमन बढेपछि आज स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई उक्त निर्देशन दिएकी हुन।

भारतमा कोरोना सङ्क्रमण तीव्ररूपमा बढीरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको भीड लाग्ने गरेको पाइएकोले सरकारको निर्देशनअनुसार कार्य गर्नुपर्नेमा उनले जोड दिईन। मन्त्री राईले सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्न, स्वास्थ्य परीक्षण गर्न निर्देशन दिईन। उनले दैनिक अत्यधिक संख्यामा मानिस नेपाल प्रवेश गरेको पाइएको छ भन्दै अविलम्व नियन्त्रण गर्नुपर्ने आवश्यक्ता आंैल्याईन। मन्त्री राईले सीमा क्षेत्रमा चोरवाटो प्रयोग गर्नेलाई नियन्त्रण गर्न जोड दिँदै मुख्य नाकाबाट मात्र आवाज–जावतको व्यवस्था मिलाउन निर्देशन दिइन।

शसस्त्र प्रहरी वलका प्रहरी उपरीक्षक तीर्थ पौडेलले सीमा नाकामा सुरक्षा जाँच कडा गरेको र शंकास्पदको चेकजाँच गरी सम्वन्धित निकायमा जानकारी गराउने गरेको मन्त्री राई समक्ष जानकारी गराए। उनले पहिलेको तुलनामा सीमा क्षेत्रमा आवतजावत गर्ने कार्य नियन्त्रण हुँदै गएको बताए।
(रासस)

विशेष