News फोटो

देशको दृष्य

देशको दृष्य

१२ फोटोमा देशको दृष्य। फोटोः रासस
 

मौसम सुधार आएसँगै देखिएको हिमाल– लामो समयपछि काठमाडौँमा मौसम सुधार आएसँगै चकमन हिमालको दृश्य ।

 

पुनःनिमार्ण पछिको धरहरा– भूकम्पले क्षति पु¥याएको धरहरा पुनःनिमार्णपछि । वैशाख ११ गते उद्घाटन गरिने छ ।

 

मौसममा आएको सुधार– मौसममा आएको सुधारसँगै भक्तपुरको ध्याम्पेडाँडाबाट शुक्रबार खुलेको काठमाडौँ उपत्यका । केही हप्तादेखि उपत्यकामा वायु प्रदुषण भएको थियो ।

 

खुलेको माछापुच्छ्रे हिमाल– तनहुँको शुक्लागण्डकी नगरपालिका—७ दोभान र भिमाद नगरपालिका—८ भागरलाई जोड्ने सेती नदीमाथि बनेको झोलुङ्गे पुलबाट शुक्रबार दिउँसो देखिएको माछापुच्छ्र«े हिमाल । वायु प्रदूषणको कारण लामो समयदेखि मौसम नखुल्दा हिम श्रृङ्खलाको दृश्य देख्न सकिएको थिएन ।

 

मन्त्री राई भारतीय सीमा अवलोकन– प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राई कोरोना सङ्क्रमण बढेसँगै विराटनगर रानीस्थित भारतीय सीमा क्षेत्रको शुक्रबार अवलोकनपछि अवैध आवागमन नियन्त्रण गर्न निर्देशन दिँदै । 

 

ग्राहकको पर्खाइमा बसेका खरभुजा व्यावसायी– धनगढीको क्याम्पस चोक नजिकै शुक्रबार खरभुजा बिक्रीका लागि ग्राहकको पर्खाइमा बसेका व्यावसायी । गर्मीयाम बढेसँगै धनगढी बजारमा खरभुजा, काँक्रा, उखु जुसलगायतको खपत ह्वात्तै बढेको पाइन्छ ।

 

भारी बोक्दै गरेका याक– नार्पाभुमि गाउापालिकाबासी यातायातको असुविधाका कारण याक चौरीको प्रयोग गर्न बाध्य छन् । सडकको पहुच नभएको यस गाउँपालिकामा  याक चौरीको प्रयोग खेत जोत्न,  भारी बोक्न दुधजन्य वस्तु प्रयोेगका साथै मासुका लागि समेत गरिन्छ । प्रति याकको  मूल्य रू १ लाख ५० हजार देखि रू दुई लाखसम्म पर्छ ।

 

फेवातालमा माछापुच्छ्रेको छाँया– पोखरा महानगरपालिका–१७ ड्यामसाइडबाट शनिबार देखिएको फेवातालमा माछापुच्छ्रेको छाँया । मौसम सफा भएपछि हिमश्रृङखला खुल्न थालेका छन् ।

 

पातारासी हिमालको काखमा स्याउ बगैँचा– जुम्लाको पातारासि गाउँपालिकाबाट देखिएको  पातारासी हिमाल । हिमालको पृष्ठभूमिमा पातारासीका किसानले लगाएको स्याउ बगैँचा ।

 

बादलको घुम्टोभित्र धौलागिरि हिमाल– म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमकोटबाट देखिएको बादलको घुम्टोभित्र धौलागिरि हिमाल । 

 

बागलुङ बजार– पानी परेर प्रदूषण  हटेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गबाट देखिएको बागलुङ बजार ।

 

जखेरा तालमा डुङ्गा सयर– दाङको लमही नगरपालिका–३ स्थित जखेरा तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । जखेरा तालमा दुई वटा डुङ्गाको व्यवस्था गरिएको छ ।

देशको दृष्य

विशेष