पर्यटकीय गन्तव्य बन्दै उदयपुरको बेलका नगरपालिका स्थित भूतिया दह

पर्यटकीय गन्तव्य बन्दै उदयपुरको बेलका नगरपालिका स्थित भूतिया दह


उदयपुर
पर्यटकीय क्षेत्रको रुपमा परिचित गईरहेको भुतिया दहलाई संरक्षण गर्ने काम अघि बढेको छ । संस्कृति पर्यटन तथा नागरिक उडयनन मन्त्रालयको प्रस्तावित बहुवार्षिक योजनामा साढे ६ करोड रकमको स्वीकृति दिएपछि उदयपुरका बेलका नगरपालिका स्थित भुतिया दहको निर्माण कार्य अघि बढेको हो । योजना अन्र्तगत ६५ प्रतिशत नेपाल सरकार र ३५ प्रतिशत स्थानिय सरकारको लागत रहेको छ । भुतिया दह पर्यटन प्रवद्र्धनका लागि सडक निर्माण , मुर्ति निर्माण र सडक निर्माण ,दह निर्माणका साथै नेचर डकोरेसनको कार्य अघि बढेको बेलका नगरपालिकाले जनाएको छ । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले भुतिहा तहको संरक्षण र पर्यटकीय रुपमा विकासको लागि संघीय पर्यटन मन्त्रालयमा विकासको लागि योजना दर्ता गराएकोमा अहिले साढे ६ करोडको बहुवर्षिय योजना स्वकृति भएको जानकारी दिए । 
नगरको वडा नम्बर ५मा रहेकोभुतिया दह आन्तरिक पर्यटकको महत्वपुर्ण स्थान मानिन्छ । भुतिया दहमा अहिले दैनिक २ सय जति पर्यटकहरु आउने गरेका छन । स्थानियहरुका अनुसार यस दहको विकास भएपछि अहिले पर्यटकहरु आउने क्रम समेत सुरु भएको बताए । स्थानियहरुका अनुसार विशेष गरेर गर्मीको समयमा पौडी खेल्नको लागि पर्यटकहरु आउने गरेको बताए  ।करिब १० मिटरको झरना रहेको स्थलमा विशेष गरि पौडी खेल्ने दृश्य अवलोकन गर्ने , पिकनिक लगायतका पर्यटकहरु जाने गरेका छन । पर्यटन प्रवद्र्धन पश्चात यो स्थल नगरको प्रख्यात पर्यटक स्थलको रुपमा परिचत हुने बताइएको छ । भुतिया तहको संरक्षण र प्रवद्र्धनले नगरपालिकाको पर्यटन विकास महत्वपुर्ण टेवा पुग्ने देखिन्छ । 
 

पर्यटकीय उदयपुर भुतिया दह

संम्बधित खबर

विशेष