जति पेलेपनि बालुवाटारको बालुवाबाट तेल निस्कीनेवाला छैन : नेपाल

जति पेलेपनि बालुवाटारको बालुवाबाट तेल निस्कीनेवाला छैन : नेपाल



जनकपुरधाम 
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले  ओली र आफुहरुको बिचमा छलफल र संवादको औचित्य समाप्त भएको बताएका छन । उनले बालुवाटारको बालुवालाई जति पेलेपनि तेल निस्कीने सम्भावना नरहेको बताए । 
जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने मैले सबैलाई भन्ने गरेको छु बालुवाटारको बालुवालाई जति पेलेपनि त्यो बालुवाबाट तेल निस्कीने सम्भावना छैन । 
उनले अहिलेको संकटको मुलकारण ने प्रधानमन्त्री ओलीमा देखिएको दम्भ ,अहंकार र व्यक्तिवादी सोच तथा चरित्र रहेको बताए । उनले जब सम्म उहाको चरित्र र सोचमा परिवर्तन आउदै तब सम्म अ सहमतिको सम्भावना समेत न्युन भएको प्रष्ट पारे । नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा परेको बताए । नेता नेपालले प्रधानमन्त्री ओलीमा दम्भ अहिले धरहराको भन्दा माथि भ¥याङ उक्लेर चढेको छ भन्दै भने, ‘त्यसो पनि उहाँ हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो । धरहरा हेरेर आफ्नो दम्भ हेराउँदै हुनुहुन्थ्यो । उहाँको दम्भको कुनै अर्थ छैन् । हामी आन्दोलन छोडदैनौ, पार्टी छोडदैनौँ, संघियता त्याग्दैनौ, यस देशको संविधानको मुल मर्म र भाव अनुसार अगाडी बढछौँ कुनै व्यक्तिको मुख हेरेर हैन जनताको मुख हेरेर आन्दोलनमा लागेका छौँ ।’
केपी ओलीको विचार गलत रहेको भन्दै उनले सवाल नाम र पार्टी चिन्ह मुल नरहेको समेत बताए । ‘केपी ओलीको विचार गलत छ, त्यसैले यहाँ नाम र चिन्ह के हो त्यो मुल कुरा होइन, विचार मुल कुरा हो’, उनले अगाडी भने, ‘विचारले नै सहि बाटो हेराउँछ गलत विचारले गलत निश्कर्षमा पु¥याउँछ त्यैसे हामी सहि विचारको पक्षमा उभेका छौँ ।’
सुरुमा आफ्नो निवासमा भेट गर्न बोलाएपनि होटेल मेरियटमा भेट गर्न पुगेका माधव नेपालले बैठकमा कुराकानी भएपछि केही आशा जागेपनि बालुवा पेलेर तेल निक्लने नभएको बताए । उनले भने, ‘अस्ति म होटेलमा गएको थिए, कुराकानी पनि भयो । मलाई केही आशा जालेको थियो, मैले  अध्यक्ष पद र प्रधानमन्त्री पद पनि खोस्न नखोजेको बताएका थिए । तर पार्टीको सिस्टमको आधारमा चल्नु पर्ने बताएको थिए ।’ 
आशा जागेपनि हिजो होटेलमा बस्नु भन्दा पहिले पार्टी स्थापना दिवको उपलक्ष्यमा आफुहरुलाई कसेर लागी गरेको र बैठकमा आफ्नो स्वेत देखाएको बताए । ‘मैले भनेको थिए अब जेठ २ गतेमा फर्कौै  कमरेड, पार्टी एकताबद्ध मिलेर बनाउँ, क–कसलाई थप्नुपर्छ छलफल गरौँ । तर उहाँले हैन जुन निर्णय भइसकेको छ त्यसैलाई मान्नु पर्ने अडान लिनु भो र भन्नु भो तपाई किन आउनु भएन ?’
माधव पक्षमा लागेको भन्दै विभिन्न जिल्लाका अध्यक्षहरुलाई हटाएको कुरामा समेत केही  सुन्न नचाहेको भन्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पार्टी एकता पक्षमा नरहेको  आरोप लगाए । उनले हिजोको बैठकमा ओलीले आफु विरुद्धको ६ महिनाको कारवाही सम्बन्धमा विचार गर्न सकिने भनेको भन्दै भने, ‘तपाईले मलाई पार्टीबाट निकाल्ने ? यो माधव नेपालले आन्दोलन र संगठन दुईटै सञ्चालन गर्दै आएका छन् कसैले निकालेमा निस्कनेबला छैन् । आन्दोलन र संगठनबाट निश्कनेबाला छैन् ।’
 

बालुवाटार माधव कुमार नेपाल नेकपा एमाले

संम्बधित खबर

विशेष