News स्वास्थ्य

शिक्षक र विद्यार्थीमा कोरोना भेटिएपछि विद्यालय वन्द

शिक्षक र विद्यार्थीमा कोरोना भेटिएपछि विद्यालय वन्द

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि रसुवामा विद्यालय वन्द गरिएको छ । रसुवाको गोसाँइकुण्ड गाँउपालिका–५ कोमिन स्यामेवाफेल माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई कोरोना पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको हो ।

विद्यालयका शिक्षक तथा विद्यार्थीमा गरिएको परीक्षणमा तीन जनालाई संक्रमण पुष्टि भएको थियो। त्यसपछि विद्यालय बन्द गरिएको जनाईएको छ। कोमिन स्यामेवाफेलमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिकाले अन्य विद्यायलयहरूलाई पनि सर्तक गराएको छ। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र पठनपाठन गराउन गाउँपालिकाले निर्देशन जारी गरेको छ ।

रसुवामा हालसम्म आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उत्तरगयामा ३, कालिकामा १ र गोसाईकुण्ड गाउँपालिकामा ४ जना गरी ८ जनामा कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

विशेष