News खेल देश

घरेलु मैदानमा नेपालले जित्यो त्रिकोणात्मक टी–२० सिरिज

घरेलु मैदानमा नेपालले जित्यो त्रिकोणात्मक टी–२० सिरिज

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले कब्जा जनमाएको छ । शनिवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाईनल खेलमा नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै नेपालले सिरिज जितेको हो ।  

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.२ ओभर गुमाएर ९६ रन मात्र बनाएर चित्त वुझाएको छ । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने र कमल सिंह ऐरीले २÷२ विकेट र अभिनाश वोहराले १ विकेट लिए ।

ब्याटिङतर्फ कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले । भुर्तेलले ३ छक्का र ८ चौकाको सहयोगमा ५३ बलमा ७७ रन वनाए भने कुशल मल्लले ५ छक्का २ चौका सहित २४ बलमा ५० रन वनाए ।

नेपाली टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले १८ बलमा ३ छक्का ५ चौकासहित ४८ रन वनाए। कप्तान ज्ञानेद्र मल्लले ३३ र आरिफ शेखले १६ रनको योगदान गरे।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै ३ विकेट गुमाएर सर्वाधिक २३८ रन बनाएको थियो । 
 

विशेष