News राजनीति

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर मन्त्री वनेका पाण्डेलाई कालो झण्डा

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर मन्त्री वनेका पाण्डेलाई कालो झण्डा

पार्टी तथा कार्यकर्तालाई झुक्याएको आरोपमा लुम्विनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सन्तोष पाण्डेलाई शनिवार आफनै कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

रुपन्देहीको मर्चवारमा आयोजित एक कार्यक्रममा जाने क्रममा उनलाई विभिन्न स्थानमा कालो झण्डा देखाईएको छ । मर्यादपूर, मझगावा र गोनहिया लगायतका स्थानमा जनता समाजवादी पार्टीकै नेताकार्यकर्ताले मन्त्री पाण्डेलाई कालो झण्डा देखाउनुका साथै सडकमा टायर बालेर विरोध गरेको जनाईएको छ ।

सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई झुक्याई मन्त्री वन्न गएपछि उनीसँग नेता/कार्यकर्ता रुष्ट छन् । कार्यकर्ताले मन्त्री पाण्डेलाई व्यक्तिवादी र धोकेबाज भएको आरोप लगाए ।

मन्त्रीको विरोध गर्ने कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेको थियो । पार्टीका कार्यकर्ताले पाण्डेका सार्वजनिक कार्यक्रम बहिस्कार गरिने वताए।

विशेष