News स्वास्थ्य

झन धेरै बिरामी मर्न सक्छन्, पूर्ण लकडाउनको योजना छैनः स्वास्थ्य मन्त्रालय

झन धेरै बिरामी मर्न सक्छन्, पूर्ण लकडाउनको योजना छैनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धेरै बिरामीको मृत्यु हुने भएकाले पूर्णरुपमा लकडाउन गर्ने योजना नरहेको जनाएको छ । 

लकडाउनका कारण बिरामीलाई समेत अफ्ठेरो पर्ने हुनाले पुरै लकडाउन नै गर्ने भन्ने योजना नवनेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । ‘पुरै लकडाउन गर्दा झनै धेरै बिरामीको मृत्यु हुन जान्छ। लकडाउनका कारण बिरामीलाई समेत अफ्ठेरो पर्ने हुनाले पुरै लकडाउन नै गर्ने भन्ने कुरा भएको छैन’– उनले भने ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि मानिसलाई सकस नहुने आवतजावत गर्नुपर्ने उनको तर्क छ । 

स्वास्थ्य मन्त्रालयले एक महिना अघि देखि गरेको आग्रहलाई वेवास्ता गरिएका कारण अहिलको अवस्था आएको गौतमले वताए । ‘एक महिना अगाडिदेखि नै आवतजावत कम गर्न, भिडभाड नगर्न, अत्यावश्यक नपरी हिँडडुल नगर्न भन्दै आयौ’ उनले भने–‘तर कसैले टेरेको छैन । त्यसको नतिजा अहिले देखिएको छ।’

भिडभाड हुने स्थानमा कडाइ गर्ने, आवतजावतलाई निकै कम गर्नेलगायत विषयमा सीसीएमसीको बैठकमा छलफल भएको उनले बताए।

विशेष