News

प्रदेश नम्बर २ मा १३१ जना संक्रमित थपिए

प्रदेश नम्बर २ मा १३१ जना संक्रमित थपिए


जनकपुरधाम
प्रदेश नम्बर २ को विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार १३१  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।जसमा ४१ ज्ना महिला र ९० जना पुरुष रहेको छ । प्रदेश स्वास्थ्य निदेृशनालयले दिएको जानकारी अनुसार धनुषामा ६ महिला १० पुरुष गरि १६ जना,महोत्तरीमा १ महिला ,तिन पुरुष गरि ४ जना, सिरहामा एक जना पुरुष,रौतहटमा १३ जना महिला र १९ जना पुरुष गरि ३२ जना,बारामा २ महिला र १० पुरुष गरि १२ जना ,पर्सामा १९ महिला ४७ पुरुष गरि ६६ जना संक्रमित थपिएका छन । निर्देशनालयले होम आईसोलेसनमा सक्रिय सक्रमितको संख्या एक हजार ६ जना रहेको छ। ज्समा पुरुष ६८० र महिला ३२६ जना रहेका छन । संस्थागत आई
सोलेसनमा ४४ जना रहेका छन । जसमा ३८ जना पुरुष र ६ जना महिला रहेको छ । वीरगंज महानगरपालिका वार्ड नं. १३, राधेमाई टोल घर भएको एक जना ५३ वर्षको पुरुषलाई निमोनिया भई बैशाख ६ गत्ते स्वाब संकलनगरी परिक्षण गर्दा सोही दिन कोरोना संक्रमण पुष्टि भई गण्डक अस्पतालमा उपचार गराई रहेको क्रममा आज बेलुका अन्दाजी २ः१० बजे मृत्यु भएको छ । हाल सम्म प्रदेश नम्बर २ मा हालसम्म निको भएकाहरुको संख्या जम्मा १६हजार ९ सय ९८ रहेको निर्देशनालयले जनाएको छ । 
 

प्रदेश नम्बर २

विशेष