News स्वास्थ्य

होस्टेलमा विद्यार्थीको मृत्यु, विद्यालयमा तनाव

होस्टेलमा विद्यार्थीको मृत्यु, विद्यालयमा तनाव

रुपन्देहीको तिलोत्तमा स्थित विद्यालयको होस्टेलमा वसेर कक्षा १० मा अध्ययनरत एक छात्राको आकस्मिक मृत्यु भएपछि अवस्था तनावपुर्ण वनेको छ ।

तिलोत्तमाको प्यारामाउण्ट बोर्डिङ स्कुलको होस्टेलमा बसेकी कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको थियो । अचानक विरामी भएपछि अभिभावकको जिम्मा लगाएको र अभिभावकले अस्पताल लाँदै गर्दा वाटोमै मृत्यु भएको विद्यालयले जनाएको छ ।

ज्वरो आउने, टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अभिभावकको जिम्मा लगाईएको थियो । छात्राको मृत्युपछि विद्यालयमा तनाव उत्पन्न भएको छ। विद्यालयमा पूर्वविद्यार्थी र आफन्तले विद्यालय बन्द गर्न माग गर्दै घेराउ र नाराबाजी गरेका छन्।
 

विशेष