News स्वास्थ्य

मापदण्डको धज्जी उडाउने ओली भन्छन्– मापदण्ड पालना नगर्नेलाई कारबाही !

मापदण्डको धज्जी उडाउने ओली भन्छन्– मापदण्ड पालना नगर्नेलाई कारबाही !

भिडभाडसहित शनिवार धरहरा उद्घाटन गरेर वालुवाटार पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन्।  

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को टोलीसँगको छलफलमा प्रधानमन्त्री ओलीले कोरोना मापदण्ड पालना नगर्नेलाई कानूनअनुसार कारबाही गर्नुपर्ने बताएका हुन्। सीसीएमसीका पदाधिकारीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले कडाइका साथ मापदण्ड पालना गराउनुपर्नेमा जोड दिए।

सीसीएमसीको टोलीले सरकारले वैशाख ६ गते जारी गरेको मापदण्ड पालना नभएको निष्कर्षसहित प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेको थियो। वैशाख ६ गते जारी गरेको मापदण्डमा २५ जनाभन्दा बढी भेला हुन वन्देज गरिएको छ । तर, प्रधानमन्त्री ओलीकै अधिकांश कार्यक्रममा मापदण्ड उलंघन हुदै आएका छ।

प्रधानमन्त्रीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले थप के गर्नुपर्छ ? भन्ने विषयमा प्रस्ताव ल्याउन सीसीएमसीलाई दिर्नेशन पनि दिएको एक सहभागिले जानकारी दिए ।

विशेष