News स्वास्थ्य

प्रदेश नम्बर २ मा दिनप्रतिदिन कोरोना संक्रमित थपिदै,प्रदेश सरकार निर्देशन दिनमा मात्रै केन्द्रित

प्रदेश नम्बर २ मा दिनप्रतिदिन कोरोना संक्रमित थपिदै,प्रदेश सरकार निर्देशन दिनमा मात्रै केन्द्रित


जनकपुर
प्रदेश नम्बर २ मा कोरोनाको संक्रमण दिनप्रतिदिन बढि रहेको छ । खुला सिमाको कारणले अहिले दिनप्रतिदिन कोरोना संक्रमित आठ जिल्लामा थपिदै गईरहेको छ । तर सरकारी स्तरबाट तयारी शुन्य देखिएको छ । हुने खाने अहिले कोरोना लाग्ने वित्तिके काठमाडौमा उपचारको लागि जाने गरेका छन । प्रदेश सरकारका दुई जना स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका व्यक्ति र उनका परिवारहरुलाई कोरोना संक्रमण हुदा रातरात उपचारको लागि काठमडौ गएका छन । यसले समेत प्रदेश सरकारको तयारी शुन्य देखिएको छ । खुला सिमालाई सरकारले व्यवस्थीत गर्न र परै जाओस सर्वसाधारणहरुको आवतजावत समेत भईरहेको छ । प्रदेश २ मा थप १२९ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज, गौर अस्पताल रौतहट र नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए । शुक्रबार पर्सामा सबैभन्दा बढी ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, धनुषामा २३, बारामा १७, रौतहटमा १२, महोत्तरीमा ७, सप्तरीमा ५, सिरहामा ३, सर्लाहीमा ३ र अन्य प्रदेशका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १८ हजार १ सय ३४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
हाल यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ९२० पुगेको छ । जसमा ४५ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने ८ सय ७५ जना होम आइसोलेसनमा छन् ।
यता मुख्यमन्त्री लालबाबु राउतले पछिल्लो समयमा भयावह रुप लिदै गएको कोरोना महामारी नियन्त्रणका लागी आवश्यक तैयारी गर्न सरोकारबला निकायहरुलाई निर्देशन दिनु भएको छ । 
प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशका सबै निकायहरुलाई आ–आफनो क्षेत्रको तैयारीमा कुनै कमी नराख्न निर्देशन दिनु भएको हो । बैठकले आठवटै जिल्लामा रहेको पिसिआर ल्याबका लागी आवश्यक सामग्री तथा थप जनशक्तिको विवरण तैयार गर्ने जिम्मेवारी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुखले गर्ने जिल्लाहरुमा आवश्यक जनशक्ति तथा सामग्रीहरुको विवरण आन्तरिक मन्त्रालयले जिल्ला कोरोना संकट व्यवस्थापन समितिहरु बाट संकलन गर्ने । प्रादेशिक अस्पताल स्थित नर्सिङ्ग कलेजलाई पुनः कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
त्यसै गरि बैठकले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको छ । 
बैठकले महामारी नियन्त्रणका लागि प्रमुख सचिवको नेतृत्वमा सबै मन्त्रालयका सचिव र सुरक्षा निकायहरुका प्रमुख रहने गरि संयोजन कमिटी र आपूर्ति महाशाखाका प्रमुख डा प्रमोद कुमार यादवको नेतृत्वमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद यादव, प्रादेशिक अस्पतालका मेसु डा. प्रमोद यादव र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण मिश्र सदस्य रहने प्राविधिक समिति समेत गठन गरेको छ ।
कोरोनाका तयारीमा सरकार गम्भीर नभएको भन्दै आलोचना
प्रदेश नम्बर २ कोरोनाको उच्च जोखिममा रहेको अवस्थामा समेत प्रदेश सरकार तयारीमा गम्भीरता देखाउन कुनै चासो नदेखाएको भन्दै प्रदेश सभामा सबै सांसदहरुले सरकारको आलोचना गरेका छन । उनिहरुले सरकारलाई गम्भीर बन्न ध्यानाकर्षण गराएको छ । 
सांसदहरूले पहिलो पटक कोरोना महामारी आएको बेला केही तयारी गरे पनि अहिले थप बलियो भएर कोरोना आएको समय प्रदेश सरकारले पूर्वतयारी नगरेको भन्दै आलोचना गरेका छन् ।
नेकपा एमालेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले कोरोना पुन ः एकपटक भयावह अवस्थामा आएको समय न आइसोलेसनको तयारी गरिएको छ न क्वारेन्टिनको व्यवस्था भन्दै आपत्ति जनाएका हुन् ।उनले अहिले टेष्ट समेत जुन गतिमा हुनुपर्ने हो त्यसमा कमि आएको छ । यसले समेत समस्या ल्याएको छ ।
उनले भने, ‘अहिले भयावह अवस्था आइसकेको छ । वीरगन्जका अस्पतालमा अक्सिजन अभाव हुन थाल्यो, बेडको अभाव छ । प्रदेशमा विपद व्यवस्थापन समिति पनि छ तर प्रदेशमा मैले कुनै तयारी देखेको छैन । ’
प्रदेश सरकार कोरोनाप्रति गम्भीर नरहेको भन्दै उनले अहिले गाउँमा कोरोनाको अपव्याख्यासमेत हुन थालेको बताए ।
त्यस्तै, कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवले अहिले छिमेकी राष्ट्र भारतमा ३ लाखभन्दा बढी संक्रमित फेलापरेको र नेपालमा खुला सीमा, अव्यवस्थित सीमाको कारण नयाँ भेरियेन्टको कोरोना प्रवेश गरेको खबर आइरहेको समय प्रदेश सरकारले त्यसतर्फ ध्यान नदिएको बताए ।उनले प्रदेश सरकारलाई हामीहरु सहयोग गर्न चाहिरहेको भन्दे प्रदेश सरकार आफे तालमा हिडि रहेको बताए । 
उनले प्रदेश सरकारले अहिलेसम्म कोभिड अस्पतालसमेत बनाउन नसकेकोमा आपत्ति जनाए । उनले भने, ‘मैले थाहा पाएअनुसार प्रदेश सरकारसँग कर्मचारी छैनन् । पहिले पनि प्रदेश सरकारले कोभिडको समय काम गरेका कर्मचारीलाई दोब्बर तलब दिने भनेको थियो तर उनीहरूले आफ्नो तलबसमेत पाएनन् ।’
यादवले प्रदेश सरकार निकम्मा रहेको टिप्पणी गरे। उनले भने, ‘अहिले प्रदेश सरकारको अर्बौं रुपैयाँ अन्यत्र खर्च भइरहेको छ । तर कोरोनाविरुद्धको काममा बढी ध्यान दिनुपर्ने हो ।’
आफ्नो घर सीमा क्षेत्रमै रहेको जानकारी दिँदै उनले भने, ‘यो सरकारले कम्तीमा सीमानाका व्यवस्थित गर्नुपर्ने थियो। सीमानाकामा निर्वाध आवत जावत छ, कुनै स्थान व्यवस्थित छैन ।’
पार्टी र सरकारको कुरा मात्र नभएकाले सबैलाई सहभागी गराएर कोरोनाविरुद्ध लड्न आवश्यक रहेको उनले बताए ।
नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य दिलीपकुमार साहले कोरोनाका कारण पुनः विश्व एकपटक आक्रान्त अवस्थामा रहेको बेला प्रदेश सरकारले बेवास्ता गरेकोमा आपत्ति जनाए ।
मानव समुदायलाई फेरि आतंकित बनाउने गरी कोरोना आएको समय प्रदेश सरकारले जुन प्रकारले गम्भीरतापूर्वक यसको तयारी गर्नुपर्ने थियो त्यस्तो केही नगरेको टिप्पणी गरे ।
कुरा धेरै गरे पनि व्यवहारमा केही नगरेको भन्दै सबैले प्रदेश सरकारलाई दबाब दिनुपर्नेमा उनले जोड दिए ।
सत्तारुढ दल जनता समाजवादी पार्टीकी प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले भने प्रदेश सरकारको बचाव गरेकी छन् । उनले मन्त्रीको काम निर्देशन दिने भएकाले सम्बन्धित मन्त्रालय सचिवविहीन रहेकाले यस्तो समस्या भएको बताइन् ।

प्रदेश नम्बर २ खुला सिमा कोरोनाको संक्रमण

विशेष