News फोटो

देशको दृष्य

देशको दृष्य

१८ फोटोमा देशको दृष्य। फोटोः रासस

 

केरा झार्दै मजदूर– कुलेश्वरमा शनिबार केरा झार्दै मजदूर । व्यायारीका अनुसार दर्जनको १०० देखि १५० मा खरिद बिक्री हुन्छ । 

 

क्रिकेट– त्रिकोणत्मक टी २० सिरिज क्रिकेटमा विजेता नेपाली राष्ट्रिय क्रिकेट । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा नेपालले नेदरल्याड्सलाई पराजित गरेको हो ।

 

फुटबल– नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट र अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन  काठमाडौँ रेजर्स र ललितपुर सिटी बीचको खेलमा बललाई नियन्त्रण प्रयास गर्दै खेलाडी । 

 

राजदूतद्वारा बाख्रा फार्म अवलोकन– तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीस्थित युवा कृषक शिवकुमार आलेले सञ्चालन गर्नुभएको सिर्जनशील बाख्रा फार्मको शनिबार अवलोकन गर्न आइपुग्नुभएका इजरायली राजदूत हनन गोडर ।

 

डुङगा सयर– दाङको लमही नगरपालिका वडा नं ३ स्थित जखेरा तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटकहरु ।

 

सङ्क्रमितको हवाई उद्धार– कोरोना सङ्क्रमित भइ धौलागिरी अस्पताल बागलुङमा १७ दिनदेखि भेन्टिलेटरमा उपचाररत ७१ वर्षिय पुरुषलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिँदै ।

 

शताब्दी पुरुष जोशीको मन्तव्य– नेपाल जापान कल्चरल एक्सचेन्ज एसोसिएसनद्वारा प्रकाशित तथा परराष्ट्रविद् हिरन्यलाल श्रेष्ठद्वारा लिखित नेपाल जापान बौद्ध सम्बन्ध नामक पुस्तकको शनिबार ललितपुरमा लोकार्पण कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै शताब्दी पुरुष सत्यमोहन जोशी ।

 

चालकलाई सचेत गराइँदै– कोरोनाको सङ्क्रमण पछिल्लो समय बढ्दै गएपछी पोखरा –९ नयाँबजारमा मास्क नलगाई हिँडेका सवारी चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी  ।

 

धरहरा उद्घाटन समारोहमा प्रधानमन्त्री ओली– प्रधानमन्त्री केपी शर्मा ओली सुनधरास्थित नवनिर्मित धरहरा उद्घाटन समारोहमा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको उक्त सम्पदास्थल नजिकै अर्को धराहरा निर्माण गरिएको छ ।

 

महामारी नियन्त्रणका लागि सर्वदलिय बैठक– प्रदेश नं. २ मुख्यमन्त्री लालबाबु राउत जनकपुरधामस्थित निवास परिसरमा शनिबार कोरोना महामारी नियन्त्रणका लागि आह्वान गर्नुभएको सर्वदलिय बैठक ।

 

सडक सफा गर्दै कामदार– काठमाडौँको माछा पोखरीमा सडक सफा गर्दै कामदार । 

 

गिट्टी बालुवा निकासी गर्दै– रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको रामघाटबाट ट्याक्टरमार्फत गिट्टी बालुवा निकासी गरिँदै ।

 

सडक कालोपत्र गरिँदै– पर्वत सदरमुकाम कुश्मा बजारको भित्रीसडक कालोपत्र गरिँदै ।

 

पर्यटक मन तान्दै सामुदायिक होमस्टे– ताप्लेजुङको प्रसिद्ध फुङ्फुगे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका—३ तेम्बा गाउँमा फुङफुङ्गे सामुदायिक होमस्टेले पर्यटकहरुको मन तान्दै ।

 

खै ! स्वास्थ्य सर्तकता– म्याग्दीको मालिका गाउँपालिकाको ओखरबोटमा स्वास्थ्य सर्तकता विना नै हिडिरहेका महिला । उनीहरुले न मास्क लगाएका छन् न त भौतिक दूरी नै कायम गरेका छन् । 

 

हिउँमा रमाउँदै– ताप्लेजुङको  सुकेटार क्षेत्रमा शुक्रबार स्कूल बिदा भएपछि  हिउँ खेल्लन पुगेको ताप्लेजुङ विद्यार्थी।

 

जोखिमपूर्ण यात्रा– कर्णाली राजमार्गअन्तर्गत कालीकोट सडकखण्डको भिग्म राँचुली नजिक बसको छतमा चढेर जोखिमपूर्ण यात्रा गर्दै यात्रुहरु ।

 

कालीगण्डकीमा स्नान गर्दै भक्तजनहरु– पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित कालीगण्डकीको रामघाटमा स्नान गर्दै भक्तजनहरु । कालीगण्डकीमा स्नान गरेमा पुण्य प्राप्ति हुन्छ भन्ने हिन्दु शास्त्रमा उल्लेख छ ।

देशको दृष्य

विशेष