सर्वदलिय बैठक सम्पन्न,२५ जना बढि उपस्थिति हुने कार्यक्रममा रोक

सर्वदलिय बैठक सम्पन्न,२५ जना बढि उपस्थिति हुने कार्यक्रममा रोक

जनकपुरधाम
कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले सर्वदलिय संयन्त्र गठन गरेको छ । प्रदेश नम्बर २ सरकारले कोरोना संक्रमण रोक्न गम्भीर नभएको भन्दै प्रदेश सरकारको व्यापक आलोचना विपक्षी दलबाट भएपछि सर्वदलिय बैठकको आहवान गरिएको हो । मणिपाल अस्पतालमा आईसोभलेसन बनाउने यस अघि नै प्रदेश सरकारले निर्णय गरेको र सोही निर्णयलाई कार्यान्वयन गरिने जनाइएको छ ।प्रदेश सरकारले अहिले सम्म गरेको कार्यको विषयमा जानकारी गराएपछि विपक्षी दलका नेताहरुले सरकारको तयारी प्रयाप्त नरहेको भन्दै तयार तिव्र पार्न आग्रह गरेको छ । औषधिको अवस्था ,अक्सीजनको आवश्यता र प्रयाप्तता लगायतका विषयमा जानकारी दिन आग्रह गरिएको छ । तर तथ्यांकगत रुपमा कुनै पनि जानकारी बैठकमा प्रस्तुत नगरिएको नेताहरुले बताएका छन ।   
मुख्यमन्त्री लालबाबु राउतले आज विहान आफनै निवास परिसरमा सर्वदलिय बैठक आयोजना गरि सरकारले हाल सम्म चालेको कदमहरु बारे जानकारी गराउदै थप सहयोग र सहकार्यका लागि सर्वदलिय संयन्त्र गठन गर्नु भएको हो ।
समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलिय संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेश सभा सदस्य राम अशिष यादव रहनु भएको छ ।
त्यसै गरि बैठकले २५ जना भन्दा बढी सहभागी  हुने, साँस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिहरुलाई स्थानीय प्रशासनको सहयोगमा कडाईका लागी रोक्ने निर्णय समेत गरेको छ ।

जनकपुरधाम कोरोना महामारी नियन्त्रण प्रभावकारी

संम्बधित खबर

विशेष