News

कोरोना संक्रमित पूर्व राजारानी अस्पताल भर्ना, यस्तो छ स्वास्थ्य अवस्था

कोरोना संक्रमित पूर्व राजारानी अस्पताल भर्ना, यस्तो छ स्वास्थ्य अवस्था

कोरोना भाइरसबाट संक्रमित भएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलराज्यलक्ष्मी शाह चिकित्सकको सल्लाह वमोजिम अस्पताल भर्ना भएका छन्।

निर्मल निवास स्रोतका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ। तर, चिकित्सकको सल्लाह अनुसार उनीहरु नर्भिक अस्पताल भर्ना भएका हुन् ।

चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा बस्ने सल्लाह अनुसार पूर्व राजदम्पती शनिबार दिउँसो १ बजेपछि निर्मल निवासबाट नर्भिक अस्पताल गएको जनाईएको छ ।

उनीहरुसँगै छोरी प्रेरणा पनि अस्पताल भर्ना भएकी छिन्। उनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

पूर्वराजा शाह दम्पत्ति १० दिने भारत भ्रमणबाट फर्किएका थिए। त्यसको केही दिनमा दम्पतीलाई नै कोरोना संक्रमण पुष्टि भएको थियो । 
 

कोरोना भाइरसबाट संक्रमित पूर्व राजारानी अस्पताल भर्ना चिकित्सकको सल्लाह

विशेष