News विदेश स्वास्थ्य

अस्पतालमा अक्सिजन सकिएपछि २० जना विरामीको मृत्यु

अस्पतालमा अक्सिजन सकिएपछि २० जना विरामीको मृत्यु

भारतको नयाँ दिल्लीको एक अस्पतालमा अक्सिजन सकिदा २० जना विरामीको मृत्यु भएको छ । रोहिणीस्थित जयपुर गोल्डन अस्पतालमा आधा घण्टाका लागि मात्र अक्सिजन बचेको विविसीले समाचारमा उल्लेख गरेको थियो ।

मेडिकल डाइरेक्टर डा. दीप बलूजाका अनुसार अस्पतालकका २ सय बिरामी छन् जसमध्ये ८० जना अक्सिजन सपोर्टमा रहेका छन् भने ३५ जना आईसीयूमा छन् । 

अस्पतालका मेडिकल डाइरेक्टरले आफूहरु अक्सिजनको प्रतिक्षामा रहेको र हाल कोरोनाका २१५ बिरामीलाई अक्सिजनको आवश्यकता रहेको बताएका छन् ।

समाचार एजेन्सी पीटीआईले अस्पतालका अधिकारीहरुलाई उद्धृत गर्दै अक्सिजनको कमीका कारण गम्भीररुपमा बिरामी भएका २० जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउने अधिकांश कोरोनका बिरामी थिए । अस्पतालमा अक्सिजन सकिएपछि ‘लो अक्सिजन प्रेसर’ का कारण २० जनाको मृत्यु भएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् । 
 

भारतको नयाँ दिल्ली अस्पतालमा अक्सिजन सकिदा २० विरामीको मृत्यु

विशेष