News पर्यटन देश

धरहरा भत्किँदा जीवन गुमाएका परिवारका सदस्यलाई त्यहि रोजगारी दिन ओलीको आग्रह

धरहरा भत्किँदा जीवन गुमाएका परिवारका सदस्यलाई त्यहि रोजगारी दिन ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले महाभुकम्पको समयमा धरहरा भत्किएर जीवन गुमाएका सदस्यको परिवारलाई धरहराको संरचनाभित्र काम गर्न पाउनेगरी प्रतिपरिवार एक जनाका दरले रोजगारी उपलब्ध गराउन आग्रह गरेका छन् ।

शनिवार आयोजित पुनर्निर्मित ऐतिहासिक धरहरा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसतो आग्रह गरेका हुन् । उनले लोकतन्त्र कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुदै गएको पनि वताए । नयाँ शासकीय व्यवस्थासँगै लोकतन्त्र सुदृढ हुँदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुँदै गएको उनले वताए ।

‘लोकतन्त्र सुदृढ हुँदै गएको छ । लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुँदै गएका छन्’ उनले भने– ‘विभिन्न प्रकारले देश, जनता, विकास, समृद्धि र जनताको सुखसँग मतलब नभएका स्वार्थमा तल्लिन तत्वहरु छटपटाइरहेका छन्।’

धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले आआफ्ना घरमा साँझ दिपावली गर्न सबैलाई आव्हान गरे। पुनर्निर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सतर्कता अपनाउँदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिइएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निर्माण सम्पन्न भएको उनले तर्क गरे।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सशील ज्ञवालीले धरहरालाई व्यापारिक कम्प्लेक्सको रुपमा बनाउन लागियो भन्ने भनाईमा सत्यता नभएको भन्दै सबैको साझा विश्रामस्थलको रुपमा धरहरालाई कायम राखिने आश्वासन दिए। 

विशेष