News

घाँस झुण्ड्याएको डोरी घाँटीमा वेरिएर वालिकाको मृत्यु

घाँस झुण्ड्याएको डोरी घाँटीमा वेरिएर वालिकाको मृत्यु

धनकुटामा बाख्रालाई घाँस खुवाउन झुण्ड्याइएको डोरी घाँटीमा वेरिएर एक वालिकाको ज्यान गएको छ । डोरी घाँटीमा कस्सिएर स्वासप्रस्वास अवद्ध भई उनको मृत्यु भएको स्थानीयले वताएका छन् ।

चौबिसे गाउँपालिका–७ मौनाबुधुकका भीखराज लिम्बूकी ९ वर्षीया छोरी कुनसाङ लिम्बूको त्यसरी ज्यान गएको प्रहरीले जनाएको छ । डोरीमा झुण्डिएर खेल्ने क्रममा डोरी घाँटीमा कस्सिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक (एसपी) गोविन्द अधिकारीले जानकारी दिए।

विशेष