News स्वास्थ्य

नेपालको कोरोना सङ्क्रमण वृद्धि दर विश्वमै उच्च !

नेपालको कोरोना सङ्क्रमण वृद्धि दर विश्वमै उच्च !

नेपालमा पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको पाईएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सङ्क्रमणको यो वृद्धिदरलाई विश्वमै उच्च तहमा पुगेको बताएको छ । 

अहिले विश्वमा कोरोना सङ्क्रमण वृद्धिदर १० प्रतिशतमात्रै रहेको छ । यसैगरी छिमेकी देश भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ ।

यस्तै नेपालमा परीक्षण गरिएका नमुनामध्ये ३० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको र यसको अर्थ हाम्रो समुदायमा सङ्क्रमण व्यापक भइसकेको बुझ्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ। 

नेपालमा अहिले देखिएको अवस्था भयावहका रूपमा अघि वढिरहेको स्वास्थ्य क्षेत्रका विज्ञहरु वताउँछन्। त्यसो त स्वास्थ्य मन्त्रालयले यहि अवस्थामा संक्रमण दर वढ्दै गए अस्पतालमा विरामी राख्ने ठाउँ समेत नपाईने भन्दै सुचित गरिसकेको छ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई सवैले पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

विशेष