News

सामुहिक राजिनामा दिने चार हजार इन्जिनियरको तयारी

सामुहिक राजिनामा दिने चार हजार इन्जिनियरको तयारी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले वैशाख १८ गते सम्पुर्ण प्राविधिकहरुले सामुहिक राजीनामा दिने घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चरणबद्व आन्दोलन घोषणा गरेको समितिले माग सुनुवाई नभए राजिनामा दिने घोषणा गरेको हो ।

समितिले खाइपाई आएको भत्ता र असार मसान्तसम्ममा सकिन लागेको समयसीमा थप गर्नुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको हो। सरकारसमक्ष प्राविधिकहरुको सकिन लागेको दरबन्दीको समयसीमा थप गर्न माग गर्दै प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष ई. अविनाश अमरले प्राविधिकलाई राज्यले दायित्व भन्दा पनि सम्पत्ति सोचेर व्यवस्थापन गर्नुपर्ने जिकिर गरे ।

प्राविधिकहरुले घोषणा गरेको चरणबद्व आन्दोलनमा बैैशाख १३ र १४ गते कालोपट्टी बाँधेर कार्यक्षेत्रमा कामगर्ने, बैशाख १५, १६ र १७ गते कार्यक्षेत्रमा उपस्थित भई ‘पेन–डाउन’गर्ने र १८ गते सम्पुर्ण प्राविधिकहरुले औपचारिक कार्यक्रममार्फत राजीनामा दिने छन्।
 

विशेष