News स्वास्थ्य देश

सीसीएमसीको सिफारिस– गाउँमा २ सय र शहरमा ५ सय संक्रमित भेटिए निषेधाज्ञा गरौं

सीसीएमसीको सिफारिस– गाउँमा २ सय र शहरमा ५ सय संक्रमित भेटिए निषेधाज्ञा गरौं

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमण गम्भिर अवस्थामा वढिरहेको निस्कर्ष सहित गाउँ क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सय जना भन्दा बढीमा कोभिड १९ संक्रमित भेटिए निषेधाज्ञा गर्न सरकारलाई सिफारिस गरेको छ । 

आइतबार बसेको सीसीएमसीको बैठकले गाउँमा कोरोनाका संक्रमित २ सय र शहरी क्षेत्रमा ५ सय नाघे निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो ।

सीसीएमसीले निषेधाज्ञाको अधिकार सम्बन्धित स्थानीय तहलाई दिन पनि सरकारलाई अनुरोध गरेको छ। यसैगरी अहिले चालू अवस्थामा रहेका सबै तहका परीक्षाहरू सोमबारदेखि नै स्थगित गर्न पनि सुझाब दिएको छ । 

मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । 

बैठकले भारतीय नाकामा कडाई गर्न सरकारलाई सिफारिस गरेको छ । भारतीय नाकावाट विदेशी नागरिकलाई नेपाल प्रवेश गर्न रोक लगाउन पनि सिफारिसमा भनिएको छ । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपनि सरकारले नाकामा वेवास्ता गर्दै आएका वेला सिसिएमसीले यसरी सिफारिस गरेको हो ।

नेपाली नागरिकलाई स्वदेश आउन दिइने तर, १४ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गरेपछि मात्रै घर जान दिइने सिफारिसमा उल्लेख छ । 
 

विशेष