News अपराध सुरक्षा

पत्रकार कोईराला वलात्कारी ठहर, सजाय यकिन हुन वाँकी

पत्रकार कोईराला वलात्कारी ठहर, सजाय यकिन हुन वाँकी

अदालतले पुराना पत्रकार केदार कोइरालालाई वलात्कारी ठहर गरेको छ । आफ्नो घरमा सानैदेखि सहयोगको लागि राखिएकी किशोरीलाई जबर्जस्ती करणी गरेको भन्दै उच्च अदालत, पाटनले कोईरालालाई वलात्कारी करार गरेको हो ।

जिल्ला अदालत काठमाडौंले कोइरालालाई सफाई दिएर जेलबाट रिहा गरेको थियो । उच्च अदालत पाटनले भने जिल्लाको उक्त फैसला उल्टाउँदै कोराईलाले वलात्कार गरेको ठहर गरेको छ ।

उच्च अदालतको इजलास नम्बर ७ का न्यायाधीशद्वय अच्युत विष्ट र डा. नवराज थपलियाको इजलासले जिल्लाको फैसला उल्टाएको हो । ०७५ साउन ८ गते दर्ता भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले कोइरालालाई सफाई दिएर जेलबाट रिहा गरेको थियो ।

जिल्ला अदालतले अभियुक्तलाई सफाइ दिएर पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो। कोइरालाले १२ वर्षदेखि काममा राखेकी किशोरीलाई बलात्कार गरेको अभियोग लागेको थियो भने किशोरी गर्भवती बने पनि उक्त गर्भ कोइरालाको भन्ने पुष्टि नभएको भन्दै जिल्ला अदालतले निर्दोष ठहर गरेको थियो । 

कोईरालालाई कति सजाय गर्ने भन्ने विषयको टुङ्गो भने लाग्न वाकी छ। सजाय यकिन गर्न बैशाख २७ गतेलाई अर्को पेशी तोकिएको अदालतले जनाएको छ। सोहि दिनको निर्णयअनुसार कोइरालालाई वर्ष तोकेर जेल पठाइने अदालत प्रशासनले जनाएको छ ।

नयाँ फौजदारी कार्यविधि संहिताअनुसार एक महिनाभित्र कोइरालालाई कति वर्ष जेल पठाउने भन्नेबारे टुंगो लगाउनुपर्ने अदालतको भनाई छ।

विशेष