प्रधानमन्त्री विरुद्व अविश्वासको प्रस्ताव ल्याउन हच्कियो कांग्रेस, यस्तो छ कारण !

केन्द्रीय समितिको वैठकले सरकारको विकल्प खोज्ने निर्णय गरेको नेपाली कांग्रेसले अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व तत्काल अविश्वासको प्रस्ताव नल्याउने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकले सरकारको विकल्प खोज्ने निर्णय गरेपनि अविश्वासको प्रस्ताव दर्ता गराउने विषयमा भने कांग्रेस पछि सरेको छ। अविश्वासको प्रश्ताव ल्याएपनि वहुमत पुग्नेमा आशंका भएपछि पार्टी पछि हटेको आंकलन गरिएको छ ।
अविश्वासको प्रश्तावमा माओवादी केन्द्रले साथ दिने भने पनि जनता समाजवादी पार्टीको एक खेमाले सहयोग गर्ने संभावना नभएकाले प्रस्तावको पक्षमा बहुमत पुग्ने ग्यारेन्टी भएमात्र अविश्वास प्रस्ताव ल्याउने पदाधिकारी वैठकपछि कांग्रेसले जनाएको छ ।
आइतबार सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकपछि उपसभापति विमलेन्द्र निधिले प्रस्ताव राखेर फेल भए पार्टी खाडलमा फस्ने भएकाले पूर्ण तयारी नगरी अविश्वासको प्रस्ताव नल्याउने बताए।
नेपाली काँग्रेस केन्द्रीय समितिको वैठक सरकारको विकल्प खोज्ने अविश्वासको प्रस्ताव नल्याउने