News विदेश Breaking News मुख्य समाचार राजनीति

चीनको दमनकारी नीति पछि हजारौं हङकङ नागरिक बेलायत प्रवेशका लागि पहल गर्दै

चीनको दमनकारी नीति पछि हजारौं हङकङ नागरिक बेलायत प्रवेशका लागि पहल गर्दै


हङकङ । हङकङमा चीनको दमनकारी गतिबिधिका कारण हजारौं हङकङ नागरिकहरुले बेलायत प्रवेशका लागि निवेदन दिएका छन् ।
बेलायतले हङकङ नागरिकहरुलाई बेलायत बसोबासका लागि योजना ल्याए लगत्तै हजारौं मानिसहरुले बेलायत प्रवेश अनुमतिका लागि निवेदन दिएका छन् । बेलायतले ब्रिटिस नेसनल ओभरसिज कार्यक्रम अन्तर्गत हङकङ नागरिकहरुलाई पाँच बर्षको भिसा प्रदान गर्ने योजना ल्याएको छ । पाँच बर्षपछि बेलायतको नागरिकता प्रदान गर्ने ब्याबस्था रहेको छ । पहिलो पाँच बर्षमा तीन लाख मानिसले यो योजना उपभोग गर्न सक्ने हङकङ सरकारले आंकलन गरेको छ । गत बर्ष चीनले आफु बफादारहरु मात्र हङकङको नेतृत्वमा रहने ब्याबस्था स्वरुप नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गर्दै लोकतन्त्रवादीहरुलाई निशाना बनाएको छ । स्रोत जस्ट अर्थ न्युज

विशेष