News फोटो

देशको दृष्य

देशको दृष्य

१७ फोटोमा देशको दृष्य। फोटोः रासस
 

जिल्ला लिग फुटबल प्रतियोगिता– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा शनिबारदेखि शुरु भएको जारी जिल्ला लिग फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै सोल्मा स्पोर्टस् क्लब र खोटाङ फुटबल एकेडेमीका खेलाडी । जिल्ला फुटबल सङ्घ खोटाङको आयोजनामा वैशाख १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा (ए) र (बि) डिभिजनका नौ वटा क्लब सहभागी छन् । 

 

काफल खरिँद बिक्री गरिँदै– नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिका–११ सडक किनारामा काफल खरिँद बिक्री गरिँदै ।

 

मुलाको बीउ– मुसीकोट नगरपालिका –३, माच्मी रुकुम पश्चिममा लगाएको मुलाको बीउ । यहाँका किसानले  उत्पादन गरेको मुलाको बीउ  जिल्लामा बिक्री हुनुका  साथै   बाहिरी  जिल्लामा पनि  निर्यात गरिन्छ ।

 

होमस्टेमा पर्यटकको स्वागत– पोखरा महानगरपालिका वडा नं २२ स्थित भुम्दी टुनार होमस्टेमा पर्यटकको स्वागत गर्दै महिला । यस होमस्टेलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्य राखिएको छ । 

 

आलु खन्दै किसान– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ५, का किसान  खेतमा आलु खन्दै  । यतिवेला किसानलाई आलु खनेर बजार लैजान चटारो परेको छ ।

 

पत्रकार रत्नकृष्णका तस्बिर अवलोकन गर्दै स्थानीय– मध्यपुर सञ्चार समाजद्वारा दुई पोखरीमा आयोजित राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एक दिवसीय एकल तस्बिर प्रदर्शनीको अवलोकन गर्दै  मध्यपुर थिमिका स्थानीय ।

 

नालीमा  फस्यो टिपर– बागलुङ बेनी सडक खण्डअन्तर्गत बागलुङ नगरपालिका–१ रामरेखाको नालीमा फसेको टिपर ।

 

जाल हान्दै– तनहुँको भिमाद नगरपालिका–८ अरौदीस्थित क्याङ्दीखोलामा माछा मार्न जाल हान्दै एक पुरुष । नदी तथा खोलामा जथाभावी विषादी र करेन्ट लगाउँदा माछा पाइन छाडेको छ ।

 

गहुँ उत्पादनमा ह्रास– ताप्लेजुङको मेरिङदेन गाउँपालिका—२, सान्थाक्रामा सिँचाइको अभावमा नफस्टाएको गहुँबाली । यसवर्ष फूल खेल्ने र फल लाग्ने समयमा पर्याप्त वर्षा नभएका कारण गहुँ उत्पादनमा ह्रास आएको किसान बताउँछन् ।

 

मौसममा सुधार आएपछिको हिम शृंखला– मौसममा सुधार आएपछि पोखरा महानगरपालिका–१४ मझेरीपाटनबाट क्यामरा कैद गरिएको माछापुच्छ«्रे लगायतका हिम शृंख्ला दृश्य । 

 

र्याफ्टिङमा आन्तरिक पर्यटक– कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका– ९ जामुदेखि कुइनेसम्म प्रदेशस्तरीय र्याफ्टिङ दौड प्रतियोगितामा भाग लिएका आन्तरिक भेरी नदीमा पर्यटक रमाउँदै ।

 

पञ्चेबाजा संरक्षण गरिँदै– रामपुर नगरपालिका–२ स्थित कालीगण्डकी दलित उत्थान समूह पञ्चेबाजा संरक्षणमा जुट्दै । लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणका लागि स्थानीय सरकारले सहयोग गरिएपछि अहिले संरक्षण गरिन थालिएको छ ।

 

चैत धान खेती– नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिका–११ अमारेस्थित चैत धान खेती । वाग्तमती प्रदेश सरकारले सिँचाइका लागि बजेट उपलब्ध गराएपछि यहाँका जनता लाभान्वित भएका छन् ।

 

डढेलोले उजाडिएको वन– डढेलोका कारण उजाडिएको पर्वतको जलजला गाउँपालिका–८ नाङ्लीवाङस्थित सामुदायिक वन ।

 

जीवितै भेटिएका खनालको जीवन गुजारा चलाउन चिन्तामा– विसं २०७२ वैसाख १२ गते गएको विनासकारी भुकम्पमा परी ८२ घण्टापछि जीवितै भेटिएका ऋषि खनाल अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबांगमा रहेको घरमा । उनी अहिले दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालाई कसरी पढाउने भन्ने चिन्तामा छन् ।

 

सौर्यउर्जा जडान– वस्ती भन्दा माथी पानीको मुहान नभएका ठाँउहरुमा सौर्यउर्जा जडान गरीे लिफ्ट प्रविधिबाट पानी तानिन्छ । यसरी तानिएको पानी आठ हजार देखि २० हजार घनलिटर क्षमताका आरविटी ट्याङ्ककीमा जम्मा हुन्छ । सोहि ट्याङ्ककीबाट घरघरमा वितरण गरिन्छ । सोलार प्रविधि जडान दुर्गाथलीमा पाँच, खप्तडछान्नामा एक, वित्थडचिरमा दुई, थलारामा दुई र बुङगल नगरपालिकामा दुई वटा आयोजना सम्पन्न भइ प्रयोगमा आएका परियोजनाका ईन्जीनियर लोकेन्द्र ओलीले बताए । आयोजनाबाट हालसम्म विभिन्न स्थानीयतहमा एक हजार दुई सय घरधुरीका करिब सात हजार लाभान्वित भएका छन् ।

 

कालीगण्डकीको किनारमा आहारको खोजीमा गिद्ध– नवलपुरको बौदिकाली गाउँपालिकाको बालीघाटमा आहारको खोजीमा बसेका गिद्ध । यस क्षेत्रमा आहारको खोजीका लागि गिद्धहरु आउने गर्दछन् ।

देशको दृष्य

विशेष