News

आज विश्व औलो दिवस, “शून्य औलोको लक्ष्यमा पुग्दैछौ” मूल नाराका साथ मनाइँदै 

आज विश्व औलो दिवस, “शून्य औलोको लक्ष्यमा पुग्दैछौ” मूल नाराका साथ मनाइँदै 


काठमाडौं
आज विश्व औलो दिवस । सरकारले अन्य वर्ष झै यस वर्ष भव्य कार्यक्रमको आयोजना नगरि मनाउने भएको छ । “शून्य औलोको लक्ष्यमा पुग्दैछौ” भन्ने नाराका साथ सरकारले यो दिवस मनाउन थालेको हो । सरकारले सन् २०२५ सम्ममा मुलकलाई औलोमुक्त राष्ट्रका रुपमा पुर्याउने उद्देश्य लिएको छ । सोही उद्देश्यका साथ औलोका विषयमा विभिन्न क्रियाकलाप पनि गर्दै आएको छ । तर, सरकारका क्रियाकलाप गत एक वर्षदेखि कोरोना महामारीका कारण प्रभावित बनेको छ । कोरोना महामारी सुरु भएको वर्ष सरकारले बनाएका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा औलो रोग देखिएको थियो । तर, हाल यो रोगबाट संक्रमित हुने र मृत्यु हुने दर भने स्थिर जस्तै छ । नेपालमा विशेषगरी सुदरपश्चिम भेगमा औलाका बढी बिरामी देखिन्छन् । यसमा पनि कैलाली जिल्लामा मलेरियाका बिरामी बढी भेटिन्छन् । एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । 
 

औलो विश्व औलो दिवस

विशेष