कोरोना सङ्क्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको मृत्यु ,मृत्यु दर बढदै

कोरोना सङ्क्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको मृत्यु ,मृत्यु दर बढदै


जनकपुरधाम
नेपालमा कोरोना संक्रमणको संख्या दैनिक बढदै गएको छ । कोरोना संक्रमणको संख्या दिन प्रतिदिन बढि रहेपनि सर्वसधारणहरुको भने स्वाथ्य सतर्कताको आभाव देखिएको छ । अर्को तर्फ मृत्यु हुनेको संख्यामा समेत फेरि वृद्धि भएको छ । गाउ देखि सहरी क्षेत्रमा समेत सर्वसधारणहरुको लारपवाही उत्तिकै देखिएको छ । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ६१९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६६८  जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । जसमा सात हजार ५२५ जनाको पिसिआर र एक हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः दुई हजार ४८६ र १३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३६८ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ रहेको छ । निको हुने दर भने ९३ दशमलब तीन प्रतिशत रहेको छ ।
अहिले देशभर १६ हजार ८२८ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ७१ क्वारेन्टिनमा रहेका छन् । अन्य  आइसोलेसनमा रहेका छन् ।  हालसम्म नेपालमा २३  लाख ९५  हजार ७२५ को पिसिआर परीक्षण भएको छ । त्यस्तै  कोरोनाका कारण १४ जनाको मृत्यु  पुष्टि भएको छ । हालसम्मा तीन हजार १३६  जनाले  कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा ६४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै बाँकेका ३५२, रुपन्देहीका २६८, दाङका १७२ र ललितपुरका १४१ जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० नाघिसकेको छ । कोरोना भाइरस सङ्क्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा नेपालगञ्ज–३ की ६२ वर्षीया मोहम्मद सिद्धिकी रहेको छ । उपचारका क्रममा शनिबार उहाँको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा भर्ना हुनुभएको थियो । 
उहाँ नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य समेत हुनुहुन्थ्यो । विसं २०३६ देखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएकी सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आउनुभएको थियो । उहाँ नेपालगञ्जमा स्थापित फातिमा फाउण्डेशन नेपालको संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो । योसँगै कोरोना सङ्क्रमणबाट बाँकेमा मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ ।
 

संम्बधित खबर

विशेष