विदेश

भारत बायोटेकले विकास गरेको ‘कोभ्याक्सिन’ खोपको मूल्य तोकियो 

भारत बायोटेकले विकास गरेको ‘कोभ्याक्सिन’ खोपको मूल्य तोकियो 


भारतको बायोटेकले विकास गरेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ को मूल्य निर्धारण गरिएको छ । कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ का लागि केन्द्र र राज्य सरकारका लागि फरक फरक मूल्य निर्धारण गरिएको हो ।

भारत बायोटेकले ‘कोभ्याक्सिन’ को मूल्य १ हजार २ सयदेखि ६ सय रुपैयाँसम्म तिर्नुपर्ने बताएको छ । हिजो बसेको बायोटेकको बैठकले ‘कोभ्याक्सिन’ खोप निजी अस्पतालका लागि १ हजार २ सय, राज्य सरकारका लागि ६ सय र केन्द्र सरकारका लागि १ सय ५० रुपैयाँ तोकेको हो । भारतमा कोरोनाविरुद्धको खोपको मूल्यलाई लिएर बहस भइरहेको बेला बायोटेकले खोपको मूल्य तय गरेको छ । यसअघि भारतकै सिरम इन्स्टिच्यूटले विकास गरेको ‘कोभिशिल्ड’ खोपको मूल्यलाई लिएर महँगो भएको भन्दै बहस भएको थियो । ‘कोभिशिल्ड’ खोपको मूल्य निजी अस्पतालका लागि ६ सय र राज्य सरकारका लागि ४ सय तोकिएको छ । बायोटेकले आफूले विकास गरेको ‘कोभ्याक्सिन’ अन्य खोपभन्दा बढी प्रभावित रहेको दावी गरेको छ ।

भारतमा मे १ देखि तेस्रो चरणको खोप अभियान सुरु हुँदैछ । जसका लागि ‘कोभ्याक्सिन’ प्रयोग गर्ने तयारी हुँदैछ । कोरोना महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा हालसम्म झन्डै १ करोडभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । तरपनि भारतमा कोरोनाका कारण सङ्क्रमित हुने दर रोकिएको छैन । दिनकै ३ लाखभन्दा बढी सङ्क्रमित थपिँदै जादा भारतमा अवस्था नियन्त्रण बाहिर गएको भन्दै सरकारको आलोचना हुन थालेको छ ।
 

कोरोनाविरुद्धको खोप भारत बायोटेक कोभ्याक्सिन

विशेष