News स्वास्थ्य

प्रधानमन्त्रीलाई आग्रह– केहि समय उद्घाटन र शिलान्यास थाँती राखेर कोरोनामा ध्यान दिउँ

प्रधानमन्त्रीलाई आग्रह– केहि समय उद्घाटन र शिलान्यास थाँती राखेर कोरोनामा ध्यान दिउँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केहि समय उद्घाटन र शिलान्यासका कामलाई थाँती राखेर कोरोना नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् 

कोरोना अनियन्त्रीत र विकराल वन्दै गएको वताउँदै थापाले दुःखको वेला जनताले सरकारको भरोसा खोजेको जनाएका छन् ।

आईतवार ट्वीट गर्दै थापाले भनेका छन्–‘केही समय उदघाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यानदिन प्रम @kpsharmaoli लाई आग्रह गर्दछु। कोरोना अनियन्त्रित र विकराल बन्दैछ। यस अवस्थामा जनता स्वयम् प्रधानमन्त्रीवाट सरकारले गरेका प्रयास र योजनावारे सुन्न बुझ्न चाहन्छन्। दुःखको बेला जनता भरोसा खोजिरहेछन्।’

विशेष