News समाज

चितवन र तनहुँ जोड्ने पुल भत्किँदा एकको मृत्यु, दुई वेपत्ता

चितवन र तनहुँ जोड्ने पुल भत्किँदा एकको मृत्यु, दुई वेपत्ता

चितवन र तनहुँ जोड्ने पुल भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना मजदुर बेपत्ता भएका छन् ।

चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल फेरि भत्किंदा एक जनाको मृत्यु र दुई मजदुर त्रिशूली नदीमा बेपत्ता भएका छन् ।

निर्माणाधिन पुल भत्किंदा काम गर्दै गरेका १ जनाको मृत्यु भएको हो । त्यस्तै २ जना मजदुर त्रिशुलीमा बेपत्ता भएका छन् भने ८ जना घाइते भएको । जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 


बिहान पुलमा फलामको काम गर्दै गर्दा फलामसहित मजदुर खसेको प्रहरीको भनाई छ। घाइते सबैको भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । निर्माणाधीन पुलको केही भाग गएको चैत २४ गते भाँचिएको थियो । त्यो पुलमा काम गर्दै गर्दा आज फेरि भाँचिएको हो ।

पुलमा काम गर्ने सबै भारतीय नागरिक रहेको अनुमान छ । भरतपुर महानगरपालिका(१ ठिमुरा र देवघाट गाउँपालिकाको घिनाटार जोड्ने २ सय २० मिटर लामो पक्की पुल निर्माण कै क्रममा भाँचिएको हो ।

विशेष