News राजनीति

प्रधानमन्त्री ओलीको चिन्ता : अन्यत्र पनि कर्णालीको नियती दोहोरिन सक्छ !

प्रधानमन्त्री ओलीको चिन्ता : अन्यत्र पनि कर्णालीको नियती दोहोरिन सक्छ !

प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रूपमा बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा अन्यत्र पनि कर्णाली प्रदेशकै नियती दोहोरिन सक्ने सम्भावना वारे छलफल भएको छ ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार अविश्वासको प्रस्ताव आए नेता माधवकुमार नेपाल पक्षबाट फ्लोर क्रस हुने सम्भावनाबारे छलफल भएको छ। ‘प्रतिपक्षीबाट अविश्वासको प्रस्ताव आउनु सामान्य हो। तर, पार्टीभित्रबाटै कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस हुने सूचना आइरहेको छ’ उनले भने–‘त्यसबारे आवश्यक छलफल भइरहेको छ।’

सरकारविरुद्ध अविश्वास प्रस्ताव आउन सक्नेदेखि कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे गम्भीर रूपमा छलफल भइरहेको वाताएका उनले कर्णालीको जस्तो परिस्थिति अन्यत्र आउन नदिन आवश्यक सबै कदम चाल्ने उनको भनाई छ ।

स्पष्टीकरण बुझाएका संसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको जानकारी दिएका ज्ञवालीले बैठकले त्यस सम्वन्धि थप कुनै निर्णय नगरेको पनि वताए ।

प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक बैठक संघीय संसद कर्णाली प्रदेशकै नियती

विशेष