स्वास्थ्य मन्त्रालय भन्छ– कोरोना यही गतिमा फैलदै गए अस्पतालमा बिरामी राख्ने ठाउँ हुदैन

नेपालमा फैलदै गएको कोरोना संक्रमणको अवस्थालाई मुल्यांकन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता ब्यक्त गरेको छ। अब पनि सचेत नबने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि अस्पतालमा ठाउँ नै नहुने चेतावनी पनि मन्त्रालयले दिएको छ।
बढ्दो संक्रमण रोकथाम सम्बन्धमा सार्वजनिक सूचना सार्वजनिक गर्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यस्तो चेतावनी दिएका हुन्। ‘अहिलको संक्रमण सवै वर्ग र उमेर समूहका लागि अत्यन्त जोखिमपूर्ण छ र हालसम्म कोभिडको उपचार गर्न सक्ने कुनै पनि औषधि वा उपाय चिकितसा विज्ञानले विकास गर्न सकेको छैन’ सूचनामा भनिएको छ–‘आज जुन दुःखद दृष्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेका छन् त्यो कसैको पनि परिवार वा आफन्तमा नघटोस भन्नका लागि हामी सवैले संक्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार वन्न र वनाउन आवश्यक छ।’
संक्रमण रोकथामको लागि नेपाल सरकारले तोकेका मापदण्डहरु निर्विकल्प उपाय हुन भन्दै सूचनामा अगाडि भएिको छ–‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन। त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि बिचलिन हुन नदिऔँ, खबरदारी गरौँ। आफूले अरु सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसफाइमा ध्यान दिने गरौँ।’
सूचना