News

निषेधाज्ञाअघि काठमाण्डौं छोडन चाहनेका लागि दुई दिनको समय

निषेधाज्ञाअघि काठमाण्डौं छोडन चाहनेका लागि दुई दिनको समय

सरकारले निषेधाज्ञा गर्नुअघि काठमाण्डौंवाट निस्कन चाहनेका लागि दुई दिनको समय उपलब्ध गराएको छ ।

काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले कोरोना महामारीको जोखिम गम्भीर देखिएकोले कम्तीमा एक साता निषेधाज्ञा हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने जानकारी दिए । राजधानीबाट आफ्नो घर जान चाहनेहरुका लागि आवश्यक समय दिनु उपयुक्त हुने भएकाले दुई दिनको समय उपलब्ध गराएको उनले वताए ।

सोमबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरुको बैठकले कम्तीमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ ।

कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा संक्रमणको अवस्थालाई ‘ब्रेक’ गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रूपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको पराजुलीको भनाई छ । स्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई अपिल गरिएपनि मापदण्ड पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ । 
 

विशेष