News

माधव नेपाललाई अदालतको जवाफ– स्पष्टीकरण सोधेकै आधारमा अन्तरिम आदेश दिन पर्दैन

माधव नेपाललाई अदालतको जवाफ– स्पष्टीकरण सोधेकै आधारमा अन्तरिम आदेश दिन पर्दैन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहितकालाई विपक्षि वनाएर दर्ता गरेको रिटमा सर्वोच्च अदालतले मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

माधव नेपालसहितका नेताहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिन नपर्ने जनाएको छ ।

आइतबार पनि ढुंगानाकै इजलासमा पेसी चढेको यो मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो। निवेदकहरूले निर्वाचन आयोग, अध्यक्ष ओली, सभामुख, महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाए थिए। 

आफूहरूलाई पार्टीबाट निष्कासनको तयारी गरेको भन्दै निवेदक माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलले संयुक्त रूपमा १४ बुँदे मागसहितको सर्वोच्चमा रिट निवेदन दर्ता गरएका थिए। फागुन २८ पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका सबै कारबाही खारेज गर्न निवदेनमा माग गरिएको थियो । 

विशेष