News स्वास्थ्य

संक्रमण बढी देखिएका जिल्लामा स्वास्थ्य संकटकाल लगाउन चिकित्सक संघको आग्रह

संक्रमण बढी देखिएका जिल्लामा स्वास्थ्य संकटकाल लगाउन चिकित्सक संघको आग्रह

कोरोना संक्रमण बढी देखिएका जिल्लामा स्वास्थ्य संकटकाल लगाउन नेपाल चिकित्सक संघले आग्रह गरेको छ । संघले सोमबार विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।

संक्रमितको संख्या बढी रहेका कारण उपचारलाई सहज बनाउन स्वास्थ्य संकटकाल घोषणा गरी लकडाउन गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

यसैगरी, निश्चित अस्पताललाई कोभिड अस्पताल बनाई उपचारमा सहज बनाउन र अस्पतालहरुमा अक्सिजन र एचडियू थप गर्न पनि संघले माग गरेको छ।

सबै अस्पतालहरुसँग समन्यय गरी नियमित स्वास्थ्य परीक्षण र अत्यावश्यक शल्यक्रिया वाहेकका सेवा वन्द गरी सबै अस्पताल संक्रमितको उपचारमा प्रयोग गर्न विज्ञप्ती मार्फत भनिएको छ । 
 

विशेष