News स्वास्थ्य

किन आन्दोलनमा आए कोशी कोभिड–१९ उपचार केन्द्रका स्वास्थ्यकर्मी ?

किन आन्दोलनमा आए कोशी कोभिड–१९ उपचार केन्द्रका स्वास्थ्यकर्मी ?

विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

सरकारले तोकेको न्यूनतम सुविधाको नपाएपछि केन्द्रमा कार्यरत चिकित्सक र नर्स आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सरकारले तोकेको न्यूनतम सुविधा पाउनुपर्ने माग राखेका छन् ।

चिकित्सक र नर्स आन्दोलनमा उत्रिएपछि विरामीको उपचार प्रभावित भएको छ । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले चिकित्सक र नर्सलाई काममा फर्काउन पहल भइरहेको वताए ।

स्वास्थ्यकर्मीका जायज मागलाई जतिसक्दो चाँडौ सम्बोधन गरी उनीहरुलाई काममा फर्काउने प्रयास भईरहेको मेसु दासले वताए ।

१ सय ८० बेडको उपचार केन्द्रमा ५ डाक्टर, ५ नर्स र ३ जना पारामेडिक्स कार्यरत छन् । केन्द्रमा सोमबारसम्म ३२ जना कोरोना सङ्क्रमित उपचाररत छन् ।

कोभिडको पहिलो लहरमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले यसअघि होटलमा क्वारन्टिन बनाएको थियो । तर कोरोनाको दोश्रो लहर शुरु भएपनि उनीहरुलाई थप सेवा सुविधानको व्यवस्था प्रदेश सरकारले गरेको छैन ।

विशेष