प्रदेश नम्बर २ मा १सय ६४ जना नयां संक्रमित थपिए

प्रदेश नम्बर २ मा १सय ६४ जना नयां संक्रमित थपिए


जनकपुरधाम
प्रदेश नम्बर २ मा १ सय ६४ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जसमा ५८ जना महिला र १०६ जना पुरुष रहका छन । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार धनुषामा ७ महिला १५ पुरुष गरि २२ जना,महोत्तरीमा ३ जना पुरुष,सिरहामा ३ महिला ६ पुरुष गरि ९ जना, सप्तरीमा ९ महिला र ६पुरुष गरि १५ जना, सर्लाहीमा २ जना पुरुष,रौतहटमा ३ महिला र १२ पुरुष गरि १५ जना,बारामा  २ महिला र ८ पुरुष गरि १० जना पर्सामा ३४ महिला र ५२ पुरुष गरि ८६ जना संक्रमित थपिएका छन । सिरहाको गोलबजार न.पा. वार्ड नं. ६ बस्ने ३४ वर्षको पुरुषको बैशाख ६ गत्ते को भुमिजा अस्पतालमा उपचार भईरहेको तथा कोभिडको लक्षणहरु देखिएकोमा सोही दिन थप जाँच पडतालको लागि रेफर भई लगदै गरेको बेला बिहान १० बजे मृत्यु भएको र मृत्यु पश्चात स्वाब संकलनगरी परिक्षण गर्दा बैशाख ७ गत्ते कोरोना संक्रमण पुष्टि निर्देशनालयले जनाएको छ । यता  जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ का कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान धरानको कोरोना अस्पतालमा उपचारमा रहेका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रदेश नंं २ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।
उच्च रक्तचापका बिरामी रहेका मृतक पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए । वैशाख १० गते उनलाई कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।
धनुषा जिल्लामा करिब ७ महिनापछि कोरोना सङ्क्रमणका कारणले एक जनाको मृत्यु भएको हो ।
 

प्रदेश नम्बर २ जनकपुरधाम उपमहानगरपालिका कोभिड–१९ संक्रमण

संम्बधित खबर

विशेष