News स्वास्थ्य

बंगलादेशमा देखियो कोरोनाको ट्रिपल भेरियण्ट, के हो यसको असर ?

बंगलादेशमा देखियो कोरोनाको ट्रिपल भेरियण्ट, के हो यसको असर ?

गत वर्ष एक संक्रमितले तीन जनासम्म संक्रमण गराउने भनिएको कोरोना भाइरसको नयाँ स्वरुपले २१ जनासम्म सार्न थालेको बताइएको छ । बेलायतबाट आएको मानिएको डबल भेरियण्टमा एक जनाबाट सात जनासम्म संक्रमित हुन्थे भने अहिले देखिएको ट्रिपल भेरियन्टमा एक जनाले २१ जनासम्मलाई संक्रमित बनाउन सक्ने विज्ञहरुले बताएका छन् ।

सरकारी अधिकारीका अनुसार बंगलादेशमा देखिएको ट्रिपल भेरियण्ट समेत मुलुकमा छिरिसकेको आशंका गरिएको छ । पछिल्लो एक सातादेखि देखिएको संक्रमणको नयाँ स्वरुप र रफ्तारलाई विश्लेषण गर्दै स्वास्थ्य विज्ञहरुले मुलुकले थेग्न निकै गाह्रो हुने अनुमान गरेका छन् ।


कोरोना रोकथाममा सक्रिय एक जना चिकित्सकका अनुसार यस पटक लक्षण नदेखिएका बिरामीको अकस्मात मृत्युले थप जटिलता थपिदिएको छ । विगतमा झैँ कोरोना बिरामीलाई रुघा, खोकी र ज्वरोको लक्षण मात्र नदेखिने गरेको पाइन्छ । यसपटक झाडापखाला,शरिरका विभिन्न भाग दुखेको कारणले समेत बिरामीको तत्काल मृत्यु भएको पाइएको छ ।

यसअघि सार्वजनिक स्वास्थ्यमा अब्बल मानिएको इटालीले लकडाउन र निषेधाज्ञालाई वास्ता नगर्दा ठूलो क्षति व्यहोरेको थियो । नसोचेको संख्यामा सर्वसाधारणको मृत्यु हुन थालेपछि उसले त्यसो हुनुको कारण पत्ता लगायो । अहिले दोस्रो लहर शुरु हुँदा नहुँदै लकडाउन र निषेधाज्ञा गरेपछि इटालीमा स्थिति गतवर्षको जस्तो भयावह देखिएको छैन ।
–जनआस्था

विशेष