News स्वास्थ्य

सरकारको निर्देशन विपरित धरानमा परिक्षा लिने निर्णय

सरकारको निर्देशन विपरित धरानमा परिक्षा लिने निर्णय

धरान उपमहानगरपालिकामा सोमबार बसेको सर्वपक्षीय बैठकले कक्षा ५ देखि माथिको पाँच वटा विषयमा परीक्षा लिने निर्णय गरेको छ।

सिसिएमसीको बैठकको निर्णय विपरित यसरी परिक्षा सञ्चालन गर्ने निर्णय भएको हो । सिसिएमसीले देशभर भौतिक उपस्थितिमा हुने पुर्वनिर्धारित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ भने मंगलवार त्रिवि अन्तर्गतका परिक्षा समेत स्थगित गरिएको छ ।

बैठकले कक्षा ५ भन्दा माथिको नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा लिने निर्णय गरेको हो । अहिलेसम्म धरानमा कोरोनाको भयावह अवस्था नदेखिएकोले यही बेला परीक्षा लिइहाल्ने र सेसन अन्त्य गर्ने निष्कर्षमा पुगेर यस्तो निर्णय भएको जनाईएको छ ।

मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकमा सरकारी विद्यालयका प्रअ, प्याब्सन, एन प्याब्सन र निजी विद्यालयका प्रतिनिधिहरुको समेत सहभागीता थियो ।

बैकठले कक्षा ४ सम्म परीक्षा नगर्ने र आन्तरिक मूल्यांकन नतिजा निकाल्ने निर्णय गरेको उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

मेयर तिलक राईले पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा लिने निर्णय भएको जनाएका छन् । 


 

विशेष