News समाज देश

सरकारले वन्द गर्यो नेपाल–भारत स्थल मार्ग, विद्यालय पनि वन्द

सरकारले वन्द गर्यो नेपाल–भारत स्थल मार्ग, विद्यालय पनि वन्द

भारतमा कोरोना संक्रमण तिव्र रुपमा फैलीएको र नेपालमा पनि संक्रमण दर वढ्न थालेपछि सरकारले नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल–भारतको स्थल सीमा बन्द गर्ने निर्णय गरेको हो।

एक मन्त्रीले दिएको जानकारी अनुासार सरकारले हवाई मार्ग बन्द नगरी नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ। 

हवाई मार्गबाट आउने नेपाली र विदेशी नागरिकको हकमा अनिवार्य पिसिआर परीक्षण रिपोर्ट हुनुपर्ने र नेपाल प्रवेश गरेपछि १० दिन अनिवार्य क्यारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको ति मन्त्रीले वताए ।

अत्यावश्यक काम परेर विदेशी नागरिक नेपाल आउनु परेमा पिसिआर नेगेटिभ रिपोर्ट लिएर आउनु पर्ने तथा आएपछि १० दिन अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने निर्णय भएको जनाईएको छ । 

विद्यालय वन्द

यसैगरी, अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ। 

विशेष