News फोटो

देशको दृष्य

देशको दृष्य

१४ फोटोमा देशको दृष्य। फोटोः रासस

विशेष अधिवेशन– गण्डकी प्रदेशसभाको सोमवार पोखरामा बसेको विशेष अधिवेशन  । अधिवेशनमा प्रमुख प्रतिपक्षदल नेपाली काङ्ग्रेस सहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीकातर्पmबाट  प्रदेशसभामा प्रस्तुत मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमा छलफल शुरु भएको छ ।


 

मास्क अनविार्य गर्न प्रशासनको निगरानी– कोरोना भाइरसको सङ्क्रमण बढ्दै गईरहेकाले सार्वजनिक सवारी साधनमा यात्रुलाई मास्क अनिवार्य लगाउन सुझाव दिँदै सशस्त्र प्रहरी । 

 

सर्वसाधारणलाई मास्क– कोरोना भाइरसको सङ्क्रमणबाट बच्न हुम्लाको सिमकोटका स्थानीयलाई सोमबार मास्क वितरण गर्दै नेपाल प्रहरी ।

 

फोटो पत्रकारिता दिवस– ९४औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसका दिन  सोमबार पोखरा महानगरपालिका–१, बगरस्थित टुँडिखेलमा चर्खाबाट  धागो काट्दै महिला । आजकै दिन विसं १९८४ वैशाख १३ गते  वीरगञ्जकी एक महिलाले चर्खामा धागो कात्दै गरेको तस्बिर गोरखापत्रमा  प्रकाशित भएको थियो । नेपालको फोटो पत्रकारिताको इतिहासमा सो तस्बिर पहिलो पटक पत्रिकामा प्रकाशन भएको सम्झनामा वैशाख १३  राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइँदै आएको छ ।

 

होमस्टेमा रमाउँदै आन्तरिक पर्यटक– तनहुँको देवघाट गाउँपालिका–२ स्थित कराँदीप सामुदायिक होमस्टेमा रमाउँदै आन्तरिक पर्यटक । गाउँपालिकाको अवधारणअनुरुप एक वडा एक नमूना गाउँको शुरुवात गर्न थालिएको छ ।

 

मनमोहनप्रति श्रद्धाञ्जलि– प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२औँ स्मृति दिवसका अवसरमा सोमबार ललितपुरस्थित मनमोहन स्मृति प्रतिष्ठानमा श्रद्धाञ्जलि व्यक्त गर्दै उपप्रधानमन्त्री एवं नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल । 

 

बजारीकरण– सानीभेरी गाउँपालिका–३ पेदीबजार रुकुम पश्चिम । सडक सञ्जालसँग जोडिएसँगै आधुनिक घर तथा बजारीकरण हुँदै गइरहेको छ ।

 

पर्यटकका लागि ¥याफ्टिङ स्थल बन्दै कुईने– कर्णाली र सुदुरपश्चिम जोड्ने गरी सुर्खेतको पञ्चपुरी नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाको कुईनेस्थित कर्णाली नदी पर्यटकका लागि ¥याफ्टिङको स्थल बन्दै गएको छ ।

 

तपाईंको मास्क खै ? अभियान– जिल्ला स्वास्थ्य कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबारदेखि शुरु गरेको तपाईंको मास्क खै ? अभियानअन्तर्गत दमौलीमा सर्वसाधारणलाई मास्क वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले । कोभिडको जोखिम बढेपछि सचेतना जगाउन मास्क वितरण थालिएको हो ।

 

घरवासमा पुगेका पर्यटकको स्वागत– कृष्णपुर नगरपालिका– २ वाणीस्थित विजयसाल सामुदायिक घरवासमा पुगेका विदेशी पर्यटकको स्वागत गर्दै स्थानीय महिला । मुक्त कमैया वस्तीका बासिन्दाले घरवास सञ्चालन गरी मनग्य आम्दानी गर्दै आएका छन् ।

 

पाइप बिछ्याउँदै– तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा खानेपानी योजनाका लागि पाइप बिछ्याउन श्रमदान गर्दै स्थानीयवासी । गाउँघरमा हुने विकास निर्माणका काममा स्थानीयवासीले श्रमदान गर्दै आएका छन् ।

 

महायज्ञमा सहभागीका भीड– लमजुङको बेँसीशहर नगरपालिका– वडा नं. ७ मा मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महा अभियान) लमजुङ शाखाद्वारा भवन निर्माणका लागि १२ वैशाखदेखि १९ गतेसम्म सञ्चालन हुन लागेको श्रीमद्भावत ज्ञानविज्ञान महायज्ञ २०७८ को आइतबार उद्घाटन कार्यक्रमका सहभागीहरु । कोरोना सङ्क्रमणको समेत बेवास्ता गर्दै महायज्ञमा भीड लागेको छ ।

 

दिक्तेल–बाम्राङ–बुइपा हुँदै गाईघाट जोड्ने बस सेवा– दिक्तेल–बाम्राङ–बुइपा हुँदै गाईघाट जोड्ने सडक खण्डमा नियमित सञ्चालन हुने बस सेवा उद्घाटन गर्नुहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल । नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालयको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त सडक खण्ड पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको हो ।

 

दरैँ संस्कृति झल्काउने घुमाउने घर– नवलपुरको बौदिकाली गाउँपालिका डेढगाउँमा रहेको दरै समुदायको घुमाउने घर । यहाँ दरै समुदायले प्रयोग गर्ने विभिन्न परम्परागत सामग्री राखिएको छ । 

देशको दृष्य

विशेष