प्रदेश नम्बर २ : कोरोना नियन्त्रणका योजना कागजमै सीमित

प्रदेश नम्बर २ : कोरोना नियन्त्रणका योजना कागजमै सीमित


वीरेन्द्र रमण
जनकपुरधाम
कोभिड–१९ को दोस्रो लहरबाट प्रदेश नम्बर २ मा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय सम्बद्ध पक्षको बेवास्ताले कागजमै सीमित बनेको हो ।  प्रदेश नम्बर २ को सबै भन्दा बढि प्रभावित पर्सा,बारा र रौतहट रहेको छ । तर प्रदेश सरकार जुन रुपमा तयारी गरिनुपर्ने हो त्यस अनुसारले नगरेकै कारणले अवस्था निकै भयावह बनेका छन । 
प्रदेश सरकारका मुख्यमन्त्री कोरोनाको अवस्था भयावह बन्दै गएपछि देखाउने हिसाबले दिनुह बैठक गरेपनि विगतमा सरकारले आफनो निति कार्यक्रमको राखेको अधिकांस योजनाहरुको कार्यान्वयन नगरेकै कारणले समस्या देखिएको छ । टेष्ट बढाउनको लागि प्रदेश सरकारले विभिन्न जिल्लाहरुमा प्रयोगशाला स्थापना गरेपछि अहिले सम्म त्यसमा कर्मचारीको आभाव जस्ता कारणको समाधान गर्न प्रदेश सरकारलेकहिले चासो देखाएनन । खुला सिमाको कारणले भारतबाट आउने गरिएको सर्वसधारणहरुलाई टेष्ट जस्ता कार्यहरुलाई प्राथमकिता नदिएको कारणले समस्या देखिएको छ । अहिलेपनि कोरोना अस्पताल ,होल्डिंग सेन्टर जस्ता कार्यमा सरकारले गरेको देखिदैनन । 
बजारमा बढ्दो भिडभाड तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लापरवाहीले प्रदेश २ मा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्न थालेको हो । यही दरमा सङ्क्रमण बढेको अवस्थामा अस्पताल र स्वास्थ्य संस्थाले कोरोनाका बिरामीको उपचारका लागि चाप धान्न नसक्ने चिकित्सकले बताएका छन् । प्रदेश नम्बर २ को पर्सामा कोरोनाका अत्याधिक संक्रमितहरु फेला परेपनि सरकारको तयारी भने फितालो नै देखिएको छ । पर्सा मुख्यमन्त्री लालबाबु राउतको गृहनगर समेत हो । आजको मिति सम्म सरकारको तयारी भने फितलो देखिएको छ । 
सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालय, बैंक, वित्तीय, शैक्षिक संस्थामा मास्क, स्यानिटाइजरको प्रयोग र हात धुने व्यवस्था छैन ।प्रदेश सरकारले आर्थिक वर्ष २०७७।०७८को प्रदेश सरकारको निति तथा कार्यक्रममा कोरोना संक्रमण रोक्न विषेश योजनाहरु घोषणा गरेको थियो । तर ती योजनाहरु कागजमै सिमित बनेको छ । कोभिड १९ महामारीको जनस्वास्थ्यसंग सम्बन्धीत जोखिम कम गर्न स्वास्थ्य क्षेत्रको लगानी दोब्बर गरिने छ भनेर निति कार्यक्मको राखेको थियो तर आज सम्म त्यसको कार्यान्वयन भएको देखिदैनन । प्रदेश सरकारले सरुवा रोग तथा आकस्मि महामारीबाट बच्न एकिकृत स्वास्थ्य नितिको साथै २०० शैया सहितको प्रादेशिक सरुवा रोक नियन्त्रण अस्पताल बारा जिल्लाको कलेया उपमहानगरपालिका वडा नम्बर १६ झिटकैया र महोत्तरीको जलेश्वरमा निर्माण गरिने उल्लेख गरिएको थियो । तर त्यो कार्यक्रम समेत सरकारको घोषणा र शिलान्यासमै सिमिति बनेको छ । निति कार्यक्रममा सरकारले प्रदेशको जनताको रोगप्रतियोराधत्मक क्षमता बढाउन कार्यक्रम ल्याइने निति कार्यक्रममा राखेको थियो तर त्यो योजनाको कार्यान्वयन परै जाओस आयुर्वेदिक अस्पतालहरुको भौतिक अवस्था लथालिंग छन भने त्यसलाई सुधार गर्नको लागि सरकारको चासो गएको देखिदैनन । 
नेकपा एमालेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले कोरोना पुनः एकपटक भयावह अवस्थामा आएको समय न आइसोलेसनको तयारी गरिएको छ न क्वारेन्टिनको व्यवस्था भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने, ‘अहिले भयावह अवस्था आइसकेको छ। वीरगन्जका अस्पतालमा अक्सिजन अभाव हुन थाल्यो, बेडको अभाव छ । प्रदेशमा विपद व्यवस्थापन समिति पनि छ तर प्रदेशमा मैले कुनै तयारी देखेको छैन ।’
त्यसै गरि नेपाली काग्रेसका प्रदेश नम्बर २ का संसदीय दलका नेता रामसरोज यादवले अहिले छिमेकी राष्ट्र भारतमा ३ लाखभन्दा बढी संक्रमित फेलापरेको र नेपालमा खुला सीमा, अव्यवस्थित सीमाको कारण नयाँ भेरियेन्टको कोरोना प्रवेश गरेको खबर आइरहेको समय प्रदेश सरकारले त्यसतर्फ ध्यान नदिएको बताए ।
उनले प्रदेश सरकारले अहिलेसम्म कोभिड अस्पतालसमेत बनाउन नसकेकोमा आपत्ति जनाए । उनले भने, ‘मैले थाहा पाएअनुसार प्रदेश सरकारसँग कर्मचारी छैनन् । पहिले पनि प्रदेश सरकारले कोभिडको समय काम गरेका कर्मचारीलाई दोब्बर तलब दिने भनेको थियो तर उनीहरूले आफ्नो तलबसमेत पाएनन् ।’ यादवले प्रदेश सरकार निकम्मा रहेको टिप्पणी गरे ।
विपक्षको आलोचना पछि सर्वदलिय समिति 
प्रदेश सरकारको कोरोनाको तयारीको अवस्थालाई व्यापक आलोचना हुन थालेपछि प्रदेश सरकारले विपक्षी दलहरुलाई समेटेर सर्वदलिय समिति बनाएको छ । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले चालेका कदमहरुलाई थप प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन गरिएको छ । प्रदेश सरकारले हालसम्म चालेको कदमहरुबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेको हो ।
समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलीय संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत प्रसाद साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेश सभा सदस्य राम अशिष यादव रहेका छन् ।

प्रदेश नम्बर २ कोभिड–१९ दोस्रो लहर सङ्क्रमण लालबाबु राउत

संम्बधित खबर

विशेष