स्थगित गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस , जनकपुरका विद्यालय बन्द

स्थगित गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस , जनकपुरका विद्यालय बन्द


कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आजबाट लागुहुने गरी सबै परीक्षा स्थगित गर्न  मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको छ । सिंहदरबारमा हिजो बसेको बैठकले कोरोना सङ्क्रमणको दर रोक्नका लागि परीक्षाहरू स्थगित र लकडाउनको विकल्पका बारेमा सरकारलाई सुझाव दिएको हो । कोरोना सङ्क्रमण धेरै सङ्ख्यामा देखिएको जिल्लामा लकडाउन गर्न पनि सीसीएमसीले सिफारिस गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । सीसीएमसीले पहाडी (गाउँ क्षेत्र) मा दुई सय सङ्क्रमित र सहरी क्षेत्रमा पाँच सय जना सक्रिय सङ्क्रमित भए लकडाउन गर्न सिफारिस गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँसहित देशका विभिन्न नौ जिल्लामा हिजोसम्म पाँच सय बढी सक्रिय सङ्क्रमित छन् । यस बारेमा आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ । कृषिमन्त्री पद्माकुमारी अर्यालले मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भए पनि एजेण्डाको बारेमा जानकारी आइनसकेको बताइन । 
केन्द्रले निर्णय गरे लगतै जनकपुरमा सबै परिक्षा स्थगित गरिएको छ ।  

मन्त्रिपरिषद् जनकपुर परीक्षा स्थगित

संम्बधित खबर

विशेष