News फोटो विदेश स्वास्थ्य

दिल्लीमा कोरोनाको आँधीः स्मसानघाट खाली नभएपछि पार्कमा शव ब्यवस्थापन (फोटो फिचर)

अक्सिजन र वेडका लागि महाभरत

दिल्लीमा कोरोनाको आँधीः स्मसानघाट खाली नभएपछि पार्कमा शव ब्यवस्थापन (फोटो फिचर)

कोरोनाको दोश्रो लहर सुरु भएपछि भारतमा अक्सिजन र वेडका लागि महाभरत सुरु भएको छ । सोमवार विहान एउटा यस्तो दृष्य दखियो जसले भारतमा कोरोनाले श्रृजना गरेको कहाली लाग्दो अवस्थालाई पुष्टि गरिरहेको थियो ।

मानिसहरु अक्सिजन सिलिन्डर भर्नका लागि लाईन लागेर वसेका थिए । राजनधानी दिल्लीमा यतिवेला कोरोनाको आँधी चलिरहेको छ। हरेक दिन हजारौंमा संक्रमितहरु फेला परिरहेका छन् । तिनै मानिसहरुका लागि वेड र अक्सिजनका लागि संघर्ष सुरु भएको हो ।

दिल्लीको नारायण अक्सिजन फिलिङ्ग प्लान्टमा सयौं मानिसहरुको लामो लाईन लागेको थियो । अक्सिजनका लागि मानिस मात्र होईन अस्पतालका एम्वुलेन्स पनि लाईनमा वसेका थिए । लाईनमा लागेका मानिसहरुका अनुसार उनीहरु अघिल्लै दिनदेखि अक्सिजनका लागि प्रतिक्षामा छन् । विहान ४ वजे नै अक्सिनको ट्यांकर आएपनि सर्वसाधारणले भने नपाएको उनीहरुले गुनासो गरे । 

स्थानीय प्रहरीले भने एसडिएमले आदेश दिएपछि मात्रै अक्सिन वितरण हुने भएकाले आदेशको प्रतिक्षा भईरहेको वताए । यसका अलावा केहि प्राधिक समस्याले पनि अक्सिन वितरण हुन नसकेको उनीहरुको भनाई छ। 

अक्सिजन अभावका कारण अहिले दिल्लीको हालत धेरै नाजुक छ। दिल्लीका धेरै अस्पतालमा अहिले अक्सिजनको अभाव छ। आधा दर्जन अस्पतालका लागि अक्सिजन सुचारु गर्न हाइकोर्टले आदेश गर्नु परेको छ । 

यसैविच केन्द्र सरकारले दिल्लीका अ‍ेक्सिजन कोटा वढाएको छ। सोमवार राती नै करिव ७० टन अक्सिजन दिल्ली पुग्ने जनाईएको छ। यो अक्सिजनले दिल्लीलाई केहि राहत पुग्ने जनाईएको छ । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले देशका उद्योगपतिहरुलाई चिठी लेखेर सहयोग मागेका छन। उनले अक्सिजन नभएर जुधीरहेका मानिसलाई मदत गर्ने अपिल गरेका छन् । उनले अक्सिजन, कन्टेनर र सिलिन्डर सहयोगका लागि माग गरेको जनाईएको छ ।

दिल्लीमा वितेको २४ घण्टामा २२ हजार ९३३ संक्रमित थपिएका छन् भने ३५० जनाको कोरोनाका कारण मृत्यु भएको छ । दिल्लीमा ९४ हजार ५९२ एक्टिभ संक्रमित छन् । हालसम्ममा १० लाख २७ हजार ७१५ जना संक्रमित भईसकेको र कुल १४ हजार २४८ जनाको मृत्यु भएको अधिकारीहरुले वताएका छन् ।

पछिल्लो समय कोरोना संक्रमितको मृत्यु वढेपछि स्मसानघाट समेत खाली नरहेको जनाइएको छ । मृतकको शवलाई विभिन्न पार्कहरुमा ब्यवस्थापन गर्न थालिएको स्थानीयहरुले वताएका छन् ।

फोटोः आजतक

दिल्लीमा कोरोनाको आँधी पार्कमा शव ब्यवस्थापन

विशेष