News समाज देश

काठमाण्डौंमा विहिवारदेखि निषेधाज्ञा, यि क्षेत्र हुनेछन् वन्द

काठमाण्डौंमा विहिवारदेखि निषेधाज्ञा, यि क्षेत्र हुनेछन् वन्द

काठमाडौं उपत्यकामा विहिवारदेखि निषेधाज्ञा लागु हुने भएको छ । उपत्यकाका तीनवटै जिल्लाहरु काठमाण्डौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गर्ने निर्णय भएको हो ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सोमवार वसेको बैठकले उक्त निर्णय गरेको हो। तीनमध्ये एक प्रजिअका अनुसार कोरोना प्रसार रोक्न बुधबारदेखि निषेधाज्ञा जारी गर्ने सहमति भएको छ।

निषेधाज्ञाका बेला सार्वजनिक यातायात बन्द रहने छन्। होटेलहरू बन्द रहने छन् तर घर–घरमा खाना डेलिभरी गर्ने ‘टेक–अवे’ सेवा सञ्चालन गरिने छ।

बाटोमा हिँडडुलमाथि प्रतिबन्ध नलगाइने तर समूहमा हिँड्न नदिइने उनले जानकारी दिए ।
 

विशेष